Kantipur Samachar | कान्तिपुर समाचार, १५ असोज २०७९

आश्विन १५, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १५ असोज २०७९

आजको मुख्य समाचार:

* मतदान हुन ५० दिन बाँकी रहँदा आयोगले थाल्यो दोस्रो चरणको तयारी/ बन्दसूची सच्याउन १९ दलले दिए निवेदन/ गठबन्धनभित्र सिट बाँडफाँटकै किचलो ।

* दसैँमा देशभर वर्षाको पूर्वानुमान/ घर फर्कनेको घुइँचोले राजमार्गमा घण्टौं जाम/ आज मात्रै २ लाख ५० हजारभन्दा धेरै मानिस काठमाडौं उपत्यकाबाट बाहिरिए ।

* दसैँदेखि छठसम्म हुन्छ ८ खर्ब रुपैयाँको कारोबार/ कुल अर्थतन्त्रको झन्डै ४० प्रतिशत खपत/ आन्तरिक उत्पादन न्यून हुँदा ब्यापार घाटा भने बढ्दै ।

* आणविक हतियार प्रयोग गर्ने रुसको धम्कीबाट नडराउने अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रिया/ नेटो सदस्य राष्ट्रको रक्षा गर्ने प्रतिबद्धता ।

* सैँतिस करोड खर्चिएर स्तरोन्नति गरिएको इटहरी रंगशाला जीर्ण/ तीन तहका सरकारबीच समन्वय नहुँदा स्पोर्ट्स कम्प्लेक्समा गरिएको लगानी खेर ।