निर्वाचनमा अवैध हतियारको प्रयोग नियन्त्रण चुनौति 

आश्विन १५, २०७९
निर्वाचनमा अवैध हतियारको प्रयोग नियन्त्रण चुनौति 

मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै भारतसग सीमा जोडिएका तराइका जिल्लामा अवैध रुपमा भित्रने साना हतियार नियन्त्रण प्रहरीका लागि चुनौती बनेको छ । यसअघिका निर्वाचनमा प्रहरीले साना हतियार र गोली बरामद गर्ने गरेको थियो । तर साना हतियारको अवैध कारोबार गर्ने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन ।

प्रहरीले गत आर्थिक वर्षमा प्रदेश १ बाट ६५ थान अबैध साना हतियार बरामद गरेको थियो । ती घटनामा ६९ जना पक्राउ परे । आधाभन्दा बढी हतियार गत स्थानीय तहको निर्वाचनका बेला बरामद भएका थिए । साना हतियारको कारोबार गर्ने गिरोह यसपटक पनि सक्रिय रहेको भन्दै प्रहरीले सकि्रयता बढाएको छ । 

सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेयता भारतसाग सीमा जोडिएका झापा, मोरङ, सुनसरी लगायत जिल्लाबाट आधा दर्जन अवैध साना हतियार र कारोबारी पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरु अधिकांश यसअघि पनि हातहतियार खरखजाना मुद्दामा कारबाही भोगिसकेका व्यक्ति छन् । यस्तै साना हतियारका भारतीय कारोबारी र हतियार किन्ने नेपाली  नागरिकहरू लागूपदार्थ प्रयोगकर्तासमेत भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । हतियार देखाएर व्यापारीसाग पैसा असुल्ने र चुनावमा प्रयोग गर्ने नियत देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पटक-पटक अवैध हतियार र कारोवारी पक्राउ गरे पनि मुख्य गिरोहसम्म पुग्न नसक्दा नियन्त्रणको प्रयास अझै सफल हुन सकेको छैन ।