काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकास्थित सडकको दुरावस्था

आश्विन ९, २०७९
काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकास्थित सडकको दुरावस्था

काठमाडौं उपत्यका प्रवेशको मुख्य नाका त्रिभुवन राजपथको सिस्ने खोलादेखि थानकोटसम्म निर्माण गर्न लागिएको सुरुङमार्ग आसपासको सडक कामै नलाग्ने गरी भत्किएको छ । सधैं व्यस्त हुने यस खण्डमा सडक व्यवस्थित नहुँदा यात्रा कस्टकर मात्र बनेको छैन, घण्टौंको जामले यात्रुले थप सास्ती व्यहोर्नु परेको छ ।

सडक विस्तार र अन्य काम गरिरहेको वेला सडक विग्रनु स्वभाविक हो तर विग्रीएको सडक निर्माण गर्नुपर्ने सरोकारवाला निकायले एकले अर्कोलाई देखाएर पन्छिरहादा  राजमार्गमा यात्रुले घन्टौं जामको सामना गर्नु परेको छ ।

६८ जिल्लाका नागरिकले संघीय राजधानी काठमाण्डौ प्रवेश गर्ने  यस क्षेत्रमा पछिल्लो समय निर्माणाधीन सुरुङमार्ग आसपासको क्षेत्रमा सडक भत्किएको छ । त्यसमाथि चाडपर्व नजिकिएकाले सवारी साधनको चाप बढेको छ । अझ ठाउा ठाउामा सवारी साधन बिग्रदा लामो समय जाम हुने गरेको छ । 

बिग्रिएको सडकका कारण एकातिर सवारीको गति घट्न जान्छ भने लोड बोकेर आएका सवारी साधन बिग्रएसँगै राजमार्ग एकातर्फी मात्र सञ्चालन हुने गरेको छ ।  

सडक बिग्रदा यात्रुले ४० मिनेटको दुरी पार गर्न घण्टौं खर्चिनु परेको छ भने दैनिक तीन सयभन्दा वढि विरामी बोकेर राजमार्गमा कुद्ने एम्वुलेन्स समयमा नै अस्पताल नपुग्दा अकालमा बिरामीको मृत्यु समेत हुने गरेको छ । 

अहिले दैनिक १३ हजारको हाराहारीमा सवारीसाधन आउजाउ गर्छ । चाडबाड नजिकिएसाग यो संख्या बढेर दैनिक २० हजार सम्म पुग्छ । सडकको अवस्थामा सुधार नआउने हो भने राजमार्गको अवस्था झन कष्टकर हुने निश्चित छ ।