Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असोज २०७९

आश्विन ६, २०७९

आजको मुख्य समाचार:

*  संविधानका निर्माताबीच नै उल्लंघनको होडवाजी/ दलहरुको स्वार्थ अनुसार व्याख्याले संविधानको मर्ममै प्रहार/ राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट दर्ता ।

 

* समानुपातिक उम्मेदवारको बन्द सूची फेरबदलमा निर्वाचन आयोगमै मत बाझियो/ संशोधन कि परिवर्तन भन्नेमा विवाद/ दलहरुलाई चलखेलको मौका ।

* मकवानपुर र रुकुम पूर्वमा भएका बस दुर्घटनामा १२ जनाको मृत्यु, ३० घाइते/ तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई ।

* कम्बोडियाको खमेरुज शासनका एक मात्र जीवित शासकले गरेको युद्ध अपराध माफीको अपिल खारेज/ अन्तिम फैसलासँगै राष्ट्रसंघ समर्थित न्यायालयको कार्यकाल सकियो ।

* बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा/ एसिया कपको बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीको पुनरागमन/ नवयुग भने अटाएनन् ।