उत्पादन नियमित हुँदा पनि बजारमा पारासिटामोलको अभाव

भाद्र ३०, २०७९
उत्पादन नियमित हुँदा पनि बजारमा पारासिटामोलको अभाव

सामान्य स्वास्थ्य समस्या हुनासाथ चाहिने औषधी हो पारासीटामोल । तर अहिले बजारमा सजिलै सीटामोल पाईदैन । औषधी उद्योगीले उत्पादन भैरहेको बताउने तर उपभोक्ताले बजार चाहर्नुपर्ने । अनि सरकार भन्छ अभाव हुन नदिन निर्देशन भैसकेको छ । त्यसोभए कहाँ गयो त सीटामोल ?

डेंगी संक्रमित दिनहुँ बढ्दा बजारमा पारासीटामोलको अभाव देखिएको हो । 

सरकारले पारासीटामोललाई अत्यावश्यक औषधीको सूचीमा राखेको छ । नेपालमा वार्षिक ८ करोड चक्की माग रहेको सीटामोल स्वदेशकै औषधी उद्योगले उत्पादन गर्छन् । करिब ४० प्रतिशत माग धान्दै आएको नेपाल औषधि लिमिटेडले अहिले पनि दैनिक डेढलाखभन्दा धेरै चक्की सिटामोल उत्पादन गर्छ । नीजि क्षेत्रका उद्योगले दिनमा सरदर १२ लाख चक्की तयार पार्छन् । 

यो तथ्यांकले बजारमा अभावै हुनपर्ने अवस्था भने देखिन्न । औषधीको नियामक निकाय औषधी व्यवस्था विभागले बजारमा पारा सीटामोल सहज उपलब्ध नभएको गुनासो आउन थालेको स्वीकारेको छ ।  विभागले माग अनुसार उत्पादन र वितरणको सन्तुलन मिलाउन समेत उद्योगहरुलाइ निर्देशन गरिएको भनेको छ । 

सीटामोलको प्रति चक्की मुल्य एक रुपैयाँ हो। पारासीटामोल जस्तो अत्यावश्यक औषधी अभावको हल्लाकै भरमा हतारमा किनेर राख्ने वस्तु पनि होइन । तर अभाव हुन नदिन र सम्भावित कालोबजारी रोक्न सरकारले अनुगमन र कारवाहीमा भने ध्यान दिनुपर्छ ।