दसैं नजिकिँदा पनि बजारमा देखिएन चहलपहल

भाद्र २८, २०७९
दसैं नजिकिँदा पनि बजारमा देखिएन चहलपहल

दसैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेहरुको चाप केही बढेको छ । तर आयातमा गरिएको कडाइ, उत्तरी नाकाको अवरोधसँगै आर्थिक मन्दी र उपभोक्ताको कमाइ कम हुँदा सोचेअनुसार बजारले गति लिन सकेको छैन । गत आर्थिक वर्षको साउनमा १ खर्ब ५० अर्बको वस्तु आयात भएकोमा यस वर्ष झन्डै १३ प्रतिशतले कमी आएर १ खर्ब ३१ अर्बमा सीमित भएको छ । 

 

दुई दशक अघिसम्म अधिकांस नेपालीको दसैं किनमेल भनेकै कपडा, मरमसला र उज्यालोको लागि मटि्टतेल हुन्थ्यो । तर अहिले यसमा परिवर्तन आएको छ । अहिले दैनिक उपभोग्य वस्तु मात्रै होईन, सुनचाादी, हिरामोती, गाडीदेखि टिभी, पि|mजसम्मको माग हुने गरेको छ । यस्ता अधिकांश सामान आयातित हुन् । ५ वर्षअघिको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ७२/७३ मा ७ खर्ब ७४ अर्बको वस्तु तथा सेवा आयात भएको थियो । जुन गत आर्थिक वर्षसम्म १ सय ४८ प्रतिशतले बढेर १९ खर्ब २० अर्ब पुगेको थियो । गत आर्थिक वर्षको सुरुवाती ५ महिनामा ८ खर्ब ३८ अर्बको वस्तु आयात भएको थियो जुन कुल आयातको ४३ प्रतिशत हो ।

त्यसो त यस पटक दसैं, तिहार र छठ जस्ता ठूला चाडपर्व मात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि नजिकिादै छ । यसले खपत झन् बढ्ने अनुमान छ । तर वैदेशिक मुद्राको सञ्चितीमा आएको कमीसागै सरकारले आयातमा गरेको कडाइ र कोरोनाका कारण उत्तरी नाका बन्द हुादा आयातसागै उपभोगमा केही असर परेको छ ।

हरेक वर्ष आयातको आाकडासँगै खपत पनि बढेको छ । जसका कारण वाषिर्क माग कति हो भनेर यकिन हुन सकिने अवस्था छैन ।

त्यसो त वाषिर्क जिडिपीको ९० प्रतिशत खपत हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ । यस हिसावले ४८ खर्ब हाराहारीको जिडीपीमा ४२ खर्ब वाषिर्क खपत हो । दसैं, तिहार र छठमा ४० प्रतिशत अर्थात करिब १७ खर्ब रुपैयाँ बराबरको खपत हुन्छ ।