प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अब ९ दिन मात्रै

भाद्र २३, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अब ९ दिन मात्रै

प्रतिनिधि सभाको कार्यकालबारे सत्ता पक्षभित्रै अलमल र स्वार्थ बाझिँदा निर्वाचन आयोगले असोज १ गतेसम्म मात्रै अवधि रहने किटानी गरेर संसद सचिवालयलाई पत्र पठाएको छ ।  अब असोज २ र ३ गते हुने समानुपातिक उम्मेदवारको मनोनयनको अघिल्लो दिनसम्म मात्रै  प्रतिनिधि सभा र प्रदेश सभा रहनेछ । वैधानिक व्यवस्था ठ्याक्कै किटानी नभएकोले अहिले प्रतिनिधि सभाको कार्यकालबारे अलमल देखिएको थियो । तर चुनावी प्रकृया अघि बढिसकेको अवस्थामा आयोगले विगतको प्रकृया, आचारसंहिता र वैधानिक बाटो अुनसार प्रष्ट पारेको हो । त्यसमा सरकारकै केही मन्त्रीहरु सहमत छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेको निष्कर्ष पनि असोज १ गते नै कार्यकाल सकिन्छ भन्ने हो । यो हिसावले अब प्रतिनिधिसभालाई काम गर्ने समय एक साता पनि छैन । मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको  प्रत्यक्षतर्फको मनोनयन दर्ता असोज २३ गते हुनेछ ।  सरकारकै ‍‍  केही मन्त्री भने संविधानले किटानीका साथ प्रतिनिधिसभाको कार्यकाल ५ बर्ष हुने भनेकाले मंसिर २२ गतेसम्म अवधि रहने जिकिर गरिरहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालमा सरकारले अघि बढाएको कानुन संसदमा प्रकृयामै रोकिनु र सरकारले प्रष्ट नपार्दा अन्योल पुरै हटिसकेको भने छैन ।  तर सदनको कार्यकाल लम्व्याउने ठाउँ भने सरकारलाई छैन ।