काभ्रेमा विद्यार्थीले खाजा खर्चको रकम सहकारीमा राख्न थाले

भाद्र १८, २०७९
काभ्रेमा विद्यार्थीले खाजा खर्चको रकम सहकारीमा राख्न थाले

अधिकांश अभिभावकलाई लाग्न सक्छ - विद्यालयल जाने बालबालिकालाई पैसा दिनै हुँदैन । हुन पनि धेरैजसो बालबालिकाहरुले अभिभावकबाट पाएको पैसा जङ्कफुड या अनावश्यक सामग्रीमा खर्चिन्छन् । काभ्रेको पाँचखालस्थित आजाद उच्च माविमा पढ्ने बालबालिका भने आजभोलि अभिभावक र आफन्तले दिएको मात्र होइन, केही विद्यार्थीले त आफै समय मिलाएर मजदुरी गरेर कमाएको पैसा समेत भविष्यका लागि वचत गर्छन् ।

यो दृश्य काभ्रे पााचखालको आजाद उच्च माविका विद्यार्थीहरुको हो । यहााका विद्यार्थीले हरेक महिनाको मध्यमा यसैगरि सहकारीमा आफुसाग भएको पैसा जम्मा गर्छन् । त्यसका लागि सहकारीका कर्मचारी विद्यालय मै पुग्छन् । अभिभावकले खाजा खान दिएको र चाडबाडमा आफन्तले दिएको पैसा जोगाएर उनीहरुले भविष्यका लागि वचत गराएका हुन् । 

पाँच बर्षअघि शैक्षिक भ्रमणका क्रममा उठाएको तीन सयबाट ६५ रुपैयाा जोगिएपछि विद्यालयले बचत अभियान सुरु गरेका हुन् । यो अभियानमा ६ सय ५० जना विद्यार्थीबाट ८ लाख रुपैयााभन्दा बढी रकम जम्मा भइसकेको छ । वचत भएको रकम उनीहरुको थप अध्ययनमा खर्च गरिने छ । 

यो विद्यालयमा ७२ प्रतिशत दनुवार समुदायका बालबालिका पढ्छन् । यहााका अधिकांश  अभिभावकले कृषि मजदुरी गरेर छोराछेरी पढाएका  छन् । यस्ता विद्यार्थीको आर्थिक पक्षलाई ध्यानमा राखी पााचखालको आजाद उच्च माविले सुरु गरेको यो अभियान सकारात्मक नै मान्नु पर्छ ।