Kantipur Samachar | कान्तिपुर समाचार, ०१ भदौ २०७९

भाद्र १, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०१ भदौ २०७९

 आजको मुख्य समाचार:

* नागरिकता विधेयक पुनर्विचार नगरी प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी/ हुबहु पठाउने सरकारी कदमप्रति एमालेको असन्तुष्टि ।   

* स्थानीय तहका एक लाख १५ हजारभन्दा बढी उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण/ निर्वाचन कानुन र सुशासनको उपहास/ कारबाहीमा आयोगको असक्षमता । 

* विकास खर्चमा सरकारको शैली फेरिएन/ आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च शून्य दशमलव चार प्रतिशत मात्रै ।

* चीनमा अत्यधिक तापक्रमले पानीको स्रोत सुक्दा उर्जा संकट/ जनजीवन अस्तव्यस्त/ ६ दिनसम्म उद्योग बन्द गर्न सरकारको आदेश ।

* महिला साफ च्याम्पियनसिपको तयारी तीब्र/ आर्मीसँग अभ्यास खेलका लागि भुटानी टोली आउँदै/ भारतीय टिमको सहभागिता मंगलबार टुंगो लाग्ने ।