निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सिफारिस समितिको कार्यविधिमै दलहरु विभाजित

भाद्र १, २०७९
निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सिफारिस समितिको कार्यविधिमै दलहरु विभाजित

दर्ता भएपछि सरासर अगाडि बढाउनुपर्ने महाअभियोग प्रस्ताव दलीय स्वार्थका कारण लामो समय अल्मल्याएर  राखियो । ६ महिनापछि समितिमा पुगेको प्रस्तावमा सांसदहरु कार्यविधिकै विषयमा विभाजित देखिए । खासगरी सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद यसलार्इ छोटो समयमै सक्ने पक्षमा देखिएका छन् ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता हुन् । अव समितिले ती सवै आरोपमा छानबिन गर्छ । जसका लागि सवैभन्दा पहिले कार्यविधि अनिवार्य छ । यसमा विपक्षी एमालेबाट प्रतिनिधित्व गर्ने सांसदको धारणा समितिलाई पूरा अवधि दिनुपर्छ भन्ने छ ।

सत्तारुढ दलकै सदस्यहरुको भनाइ पनि फरक–फरक छन् । कतिपयले त समिति गठन गर्दा सल्लाह नै नगरेकोसम्मको गुनासो गरेका छन् ।

समितिको अर्को बैठकमा कार्यतालिका र सचिवालयले बनाएको कार्यविधिमा छलफल गर्ने र आवश्यक परेर परिमार्जन गर्ने भनिएको छ । जे भए पनि महाअभियोग समितिमा लामो समयपछि प्रस्ताव पेश भएको छ । तर त्यसमा दलहरुका आ–आफ्नै स्वार्थ देखिन्छन् । यस्तो गम्भीर विषयमा सदस्यहरु दलीय स्वार्थभन्दा माथि उठ्न नसकेमा समितिको निस्पक्षतामा प्रश्न त उठ्छ नै प्रक्रियासमेत थप लम्बिने सक्छ ।