गुरुङ समुदायमा मौलिक पर्व ट्होटेंको उल्लास

भाद्र १, २०७९

गुरुङ समुदायले मौलिक सांस्कृतिक पर्व ट्होटें मनाएका छन् । परापूर्वकालमा भूतप्रेत धपाएर आफ्नो वस्ती सुरक्षित पार्न यो पर्व मनाउने गरिएको किंवदन्ती छ । अहिले भने समाजमा व्याप्त भ्रष्टाचार, कुरीति र विसंगतिविरुद्ध ट्होटें खेल्दै यो पर्व मनाउने गरिएको छ ।

तमु धीं नेपालको अगुवाईमा २०५२ सालदेखि पोखरामा गुरुङ समुदायले ट्होटें पर्व मनाउादै आएका छन् । गुरुङ समुदायले परम्परागत रुपमा झााकीसहित र्‍याली र सांस्कृतिक कार्यक्रम गरेर यो पर्व मनाएका हुन् । गुरुङ भाषामा ट्हो भनेको बस्ती र त्हे भनेको महायज्ञ हो । ट्होटेंको अर्थ वस्ती तथा समाजमा हुने शत्रुलाई धपाउने पनि हुन्छ । ट्होटेंको दिन गाउाघरमा भक्याम्लोको काठ लिएर घरको टिन ठटाउने र धुप बालेर बाजागाजासहित सन्ध्याकालमा दोबाटोमा खरानी सेलाउादा सत्रु नास हुन्छ भन्ने जनविश्वास छ ।

गुरुङ समुदायले चैत्त र साउनको अन्तिम मंगलबार उभौली र उद्यौली गरी दुई पटक ट्होटें पर्व मनाउने गर्दछन् ।  ट्होटें पर्वको अवसरमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सत्रु र भूतप्रेत धपाउन मनाइने यो परम्पराले समाजका विसंगति, अन्धविश्वास, कुसंस्कार हटाउन उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । ट्होटें पर्व गुरुङ समुदायको बाहुल्य रहेका कास्की, स्याङ्जा, लमजुङ, पर्वत, तनहुालगायतका जिल्लामा मनाइन्छ । परापूर्वकालमा गाउामा भुतप्रेत धपाउन मनाइने यो पर्व समय र परिस्थितिसागै परिवर्तन हुदै गएको छ ।