Kantipur Samachar | कान्तिपुर समाचार, ३१ साउन २०७९

श्रावण ३१, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ३१ साउन २०७९

आजको मुख्य समाचार:

* राष्ट्रपतिले पुनर्विचार गर्न फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै फेरि सिफारिस गर्ने सत्तारुढ पाँच दलको निर्णय/ विपक्षी एमाले भने परिमार्जनको पक्षमा ।

* मंसिर ४ मा हुने निर्वाचनका लागि ८४ दल दर्ता/ बाबुराम र बामदेव माओवादीकै चिन्हमा चुनाव लड्ने/  सत्ता गठबन्धनलाई सिट बाँडफाँटकै सकस ।

* आदर्श र विधिको कुरा गरेर नथाक्ने दलहरुभित्रै आन्तरिक लोकतन्त्र कमजोर / पार्टी संरचनाभन्दा नेतृत्व नै सर्वेसर्वा/ स्वेच्छाचारी प्रवृत्तिप्रति नयाँ पुस्ता पनि मौन ।

* भारतको गुजरात दंगामा सामूहिक बलात्कार र हत्याका दोषी सबैलाई सरकारले दियो आममाफी/ प्रधानमन्त्री मोदीको आलोचना ।

* पाँच वर्षयता क्रिकेट र फुटबलमा वर्षेनी प्रशिक्षक परिवर्तन/ राजनीतिक दाउपेचले हुने फेरबदलको असर खेल र खेलाडीमा ।