आमनागरिकमा पनि बढ्यो चुनावको चासो

श्रावण २८, २०७९
आमनागरिकमा पनि बढ्यो चुनावको चासो

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन ३ महिना बाँकी छ । चुनाव नजिकिँदै गएसँगै रुपन्देहीमा राजनीतिक दलका नेताहरु चुनावी क्षेत्रमा आउन र कार्यकर्तामुखी कार्यक्रम गर्न थालेका छन् । यसले  दलका नेता कार्यकर्ता मात्र होइन आम नागरिकलाई समेत उत्साहित बनाएको छ ।

चुनावको मिति घोषणाभएसागै रुपन्देहीमा दिनहुजसो भातृसंगठन र जनवर्गीय संगठनहरुका भेला, सम्मेलन र प्रशिक्षणका कार्यक्रम हुन थालेका छन् । आफ्नो दल र उमेदवारका पक्षमा जनमत जुटाउन कार्यकर्ताहरुले ठाउाठाउामा दलका उमेदवारहरुलाई स्वागत गर्ने, शुभकामना आदानप्रदान गर्ने, आफ्ना माग सुनाउने र दलका नेताबाट प्रतिवद्धता लिने काम गरिरहेका छन् । 

रुपन्देहीका पेशागत संघ संस्थामा पनि दलीय बर्चश्व धेरै छ । आफु निकटका दलको पक्षमा जनलहर बनाउन उनीहरुले पनि चुनाव केन्द्रीत कार्यक्रमहरु सुरु गरेका छन् । चुनावका आकांक्षी नेता भातृसंगठन र जनवर्गीय संगठनमा मात्र होइन पेशागत संघसंगठन, सामाजिक संस्था र स्थानीय तहले सुरु गरेका अभियान, आफ्नो निर्वाचन क्षेत्रका योजनाहरु उद्घाटनमा उपस्थिति बढाएर चुनावी माहोल बनाइरहेका छन्  । 

कांग्रेस एमाले, माओवादीजस्ता पुराना दलमात्र होइन रुपन्देहीको राजनीतिमा नयाा राजनीतिक शक्तिहरुले पनि चुनाव केन्द्रीत अभियान थालेका छन् । मुख्य बजारसंगै जिल्लाका गाउाटोल, चियापसलदेखि चौतारी र पार्कसम्म चुनावी बहस हुन थालेका छन् ।

लोकतन्त्र र प्रजातन्त्रको सुन्दर पक्ष हो चुनाव । जसको माध्ययमबाट जनताले नेता चुन्छन् । आफ्नालागि आफैले नेता चुन्ने यस्तो अवसर गुम्न नदिन र नागरिकको सर्वोच्चता कायम राख्न रुपन्देहीका जनता चुनावप्रति अहिलेदेखि नै उत्साहित देखिन्छन् ।