नेपाली चियाको भारतीय संसद्मा प्रश्न उठेपछि व्यवसायी झस्किए

श्रावण २८, २०७९
नेपाली चियाको भारतीय संसद्मा प्रश्न उठेपछि व्यवसायी झस्किए

नेपालमा उत्पादित चिया आयात रोक्ने भारतले संकेत गरेपछि व्यवसायी चिन्तित भएका छन् । चियाको गुणस्तरमा प्रश्न उठाउादै भारतको राज्यसभा र लोकसभाका सांसदले आयात रोक्ने आशयको प्रतिवेदन सदनमा पेश गरेपछि नेपाली व्यवसायी सशंकित भएका हुन् । नेपाली चियाको सबैभन्दा ठूलो बजार भारत हो ।

नेपालमा उत्पादित चियाको सहज निर्यातमा भारतले बेलाबेलामा अवरोध सिर्जना गर्दै आएको थियो । अहिले त झन् विश्व बजारमा मै ख्याति कमाएको नेपाली चियाको गुणस्तर माथि नै प्रश्न उठाउादै भारतीय सांसदहरुले सदनमै आयातमा कर लगाउने आशयको प्रतिवेदन बुझाएपछि नेपाली व्यवसायी झक्सिएका हुन् ।

भारतको डिपार्टमेन्ट रिलेटेड पार्लियामेन्ट्री स्ट्यान्डिङ कमिटी अन कमर्सले गत जुन १५ मा लोकसभा र राज्यसभामा नेपाली चियासम्बन्धी प्रतिवेदन नै पेस गरेको छ । जसमा नेपालको चिया 'जिओग्राफिकल इन्डिकेसन' -जीआई)मा दर्ता नरहेको समेत उल्लेख छ । नेपाली अधिकारीहरुले भने प्रयोगशालाको परीक्षणमा कुनै कैफियत नरहेको र गुणस्तरमा सुधार भइरहेको भन्दै भारतीय आरोपको खण्डन गरेका छन् । उनीहरुले नेपालको चियाले अमेरिकाको स्टार बक्ससम्म ख्याति कमाएको र गुणस्तरमा कुनै कमी नभएको दाबीसहित कूटनीतिक लविङ गरिदिन प्रधानमन्त्रीसाग भेट गरिसकेका छन् ।

चिया नेपालबाट निर्यात हुने प्रमुख कृषि उपज हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार वाषिर्क ४ अर्बभन्दा धेरैको चिया निर्यात हुन्छ । इलामसहित पााचथर, धनकुटा, तेह्रथुम, ललितपुरलगायत जिल्लामा वाषिर्क ६० लाख किलोको हाराहारीमा अर्थोडक्स चिया उत्पादन हुन्छ ।

नेपालको चियाको गुणस्तर कायम राख्न दुई वर्षदेखि सामुहिक टेड्रमार्क बनाइएको छ । तत्काल भारतले निर्धारण गर्ने करको दायरा घटाएर वातावरण सहज बनाए पनि दीर्घकालमा चियालाई पूर्णरुपमा अर्गानिक बनाउने र विश्व वजारमा ट्रेडमार्कसहित पुर्‍याउने काममा ढिलाइ गर्नु हुादैन ।