प्रमुख दलहरुलाई आ-आफ्नै आकांक्षी व्यवस्थापन गर्न चुनौती

श्रावण २६, २०७९

गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका सत्तारुढ पाँच दलमा सिट बाँडफाँट जति पेचिलो छ, त्यति नै सकस पार्टीभित्रै आकांक्षी नेता कार्यकर्ता व्यवस्थापन गर्नु हुँदैछ । प्रतिनिधि सभामा १ सय ६५ मध्ये अरुलाई छाड्नुपर्ने निर्वाचन क्षेत्रमा आफ्नै नेता कार्यकर्तालाई कसरी मनाउने भन्ने समस्या नेपाली कांग्रेसमा बढी देखिँदैछ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र  राष्ट्रिय जनमोर्चामा अलि कम छ । प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनको अनुभव नगरेको कांग्रेसमा पार्टीभित्रै आकांक्षी धेरै अनि अर्को समुहले ४० प्रतिशत भाग खोजेपछि सिट बाँडफाँट जटिल बन्ने देखिन्छ । 

 गाह्रो चाहि छ । उनिहरुलाई सम्झाई बुजाई गर्नु पर्छ । जो उम्मेदवार हुन्छ उसैलाई जिताउनु तिर लाग्नु पर्छ । 

सबैजसो दलका कतिपय नेता कार्यकर्ताले त आफ्नो क्षेत्र अर्को दललाई नदिन नेतृत्वमाथि दबाब दिन थालेका छन् । अझ मुख्य साझेदार दलका प्रभावशाली नेता एउटै जिल्ला वा क्षेत्रमा हुँदा मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ । कतै त भाग मिलाउन आफ्नै नेतालाई रोकेर अति कम मत भएका साना दललाई छाड्नुपर्नेछ । सत्ता गठबन्धनको तुलनामा एक्लै चुनावमा होमिने तयारी गरेको एमालेलाई आकांक्षी व्यवस्थापन सजिलो छ । तर उसले पनि तालमेलकै तयारी थाल्नु र नेतृत्वसँग निकट पक्षधरले टिकट पाउनसक्ने अवस्था प्रति कतिपय नेताहरु नै सशंकित छन् । 

सबै आकांछी हरुलाई एकै ठाउँमा राखेर कसले जित्न सक्छ उसैले टिकट पाउँछ । स्थानीय तहको मतलाई पनि आधार मानिन्छ ।  

तालमेल र गठबन्धन एउटा कारण हो । पार्टीभित्रै गुट/उपगुटको चलखेल र टिकट नपाए स्वतन्त्र उठ्ने घुर्की अनि दल हेरफेरले समते मसिंर ४ गते हुने निर्वाचनको सिट बाँडफाँटलाई असर गर्न सक्छ ।

 पाँच दल मात्र होइन सबै राजनीतिक दलहरुले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । घात र अन्तरघात छ । अझ टिकट नपाए  स्वतन्त्र उठ्छु भन्ने भागको विकास भएको छ ।  

प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १६५ सिट र प्रदेशसभामा ३३० सिटमा गठबन्धन हुँदा कुन दलले कति पाउने तय हुनु पहिलो खुड्किलो हो । त्यसपछि असन्तुष्ट आफ्नाको चित्त बुझाउन नसके त्यसको असर निर्वाचन परिणाममा पर्ने जोखिम उत्तिकै छ ।