Kantipur Samachar | कान्तिपुर समाचार, २२ साउन २०७९

श्रावण २२, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २२ साउन २०७९

आजको मुख्य समाचार: 

* प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आयोगले स्वीकृत गर्यो कार्यतालिका / असोज २३ गते उम्मेदवारी मनोनयन / २७ गते अन्तिम नामावली प्रकाशन / दल दर्ता आजैदेखि ।

* झण्डै ५ महिनापछि अघि बढ्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग / संसदको सिफरिस समितिमा पठाउने प्रस्ताव बहुमतले पारित / एमालेको विरोध । 

* सत्ता स्वार्थ हावी हुँदा वागमती प्रदेशमा पाँच वर्षमा फेरिए तीन मुख्यमन्त्री / नौ पटक मन्त्रिपरिषद् हेरफेर / विकास र सुशासन नारामा मात्र । 

* इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा ६ बालबालिकासहित ३२ जनाको मृत्यु / प्रतिकारमा करिब तीन सय रकेट र मोर्टार प्रहार ।

* सातदोबाटोस्थित पौडी पोखरीबाट राष्ट्रिय खेलकुद परिषद्लाई मासिक २५ लाखसम्म आम्दानी / व्यवसायिक खेल संरचनाले खेलकुदको विकासमा सहयोग ।