बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबरले महामारीको रुप लिंदै

श्रावण २२, २०७९
बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबरले महामारीको रुप लिंदै

बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिवरले काभ्रेमा महामारीको रुप लिएको छ । एक महिनायता मात्रै काभ्रेको पनौती क्षेत्रमा ६ सयभन्दा बढी बंगुर मरेका छन् । तर सरकारले उपचारको उपाय नभएको भनेपछि व्यवसायिक रुपमा बंगुर पालेका किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

 

रामेछापका प्रकाश बस्नेतले काभ्रेको पनौतीमा सञ्चालन गरेको व्यवसायिक र्फममा ३ सय ७० वटा बंगुर थिए । तर अफ्रिकन स्वाइन फिवर नामको रोगले एक महिनाभित्रै २ सय ९० वटा बंगुर मरे । संक्रामक रोगले धमाधम बंगुर मर्न थालेपछि बस्नेतले मात्रै ८० लाखको नोक्सानी बेहोर्नुपरेको छ ।  

बस्नेतको मात्र होइन, काभे्रको पनौती क्षेत्रका करिव आधा दर्जन बंगुर फार्म अफि्रकन स्वाइन फिबरका कारण रित्तिइसकेका छन् । आफूले पालेका १ सय ८३ मध्ये १ सय ८२ बंगुर पनि यही रोगले मरेपछि गोविन्द कुमार नगरकोटीलाई पनि ऋण तिर्ने चिन्ताले सताएको छ । 

रोगको संक्रमणले काभे्रका बंगुरपालक किसानको उठिबास लाग्ने अवस्था छ । पशुसेवा विज्ञ केन्द्रका अनुसार काभे्रमा १ सय ६२ वटा बंगुर फार्म सूचीकृत छन् । र्फम दर्ता नै नगरी बंगुर पाल्ने किसानको संख्या त झन धेरै छ । रोगले महामारीकै रुप लिएपछि रोकथाम र उपचारमा सरकारले भने ध्यान दिएको छैन् ।  अपि|mकन स्वाइन फिवरको अहिलेसम्म कुुनै उपचार विधि नभएकाले रोग लागेपछि बचाउन पनि नसकिने चिकित्सक बताउाछन् । 

महामारीका कारण किसानले बंगुरपालन व्यवसायबाटै पलायन हुने अवस्था आएको छ । त्यसमाथि महामारीको बिमा नहुने भन्दै बिमा कम्पनीले पनि किसानलाई निरास पारेका छन् । किसानको उठिबास लाग्ने अवस्था आउन नदिन सरकार पनि गम्भिर हुनु आवश्यक छ ।