सत्ता स्वार्थ हावी हुँदा वागमती प्रदेशमा पाँच वर्षमा फेरिए तीन मुख्यमन्त्री

श्रावण २२, २०७९
सत्ता स्वार्थ हावी हुँदा वागमती प्रदेशमा पाँच वर्षमा फेरिए तीन मुख्यमन्त्री

प्रदेश सरकारको पहिलो पाँच वर्ष संघीयताको अभ्यास, कानुन निर्माण, जनसेवा र सुशासनभन्दा सत्ता भागवण्डा र श्रोतको रजाईले प्राथमिकता पाए । संघीय सरकारले आमनिर्वाचन घोषणा गरिसकेको अवस्थामा प्रदेशका पाँच वर्ष कस्ता रहे त ? आज बाग्मति प्रदेश सरकारको समीक्षा । बागमती प्रदेशमा तीन जना मुख्यमन्त्री र तीन जना प्रदेश प्रमुख फेरिए । विकासकै बहानामा बाग्मति प्रदेशमा नौ पटक मन्त्रीपरिषद बिस्तार भयो तर आम नागरिकले विकास र सम्वृद्धिको महशुश गर्न पाएका छैनन् ।

बागमती प्रदेशको साढे ४ बर्षको अवधिमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकियो । प्रदेश सभाबाट ५५ वटा मुल बिधेयक र १५ वटा संशोधन बिधेयक पास भएका छन् । ६६ वटा बिधेयक प्रमाणिकरण भई ऐन बनेका छन् । यो चार वर्षमा प्रदेश सभा र प्रदेश सरकारको आफ्नै स्थायी संरचना भने बन्न सकेको छैन । 

बागमती प्रदेश सरकारको पहिलो कार्यकाल विकासका दृष्टिकोणले सम्झनलायक भने हुन सकेन । प्रदेश सरकार नागरिकका अपेक्षा पूरा गर्नेतर्फ भन्दा सत्ता भागबन्डा मिलाउनमै केन्द्रीत रहेको आम बुझाइ छ ।

एकीकृत समाजबादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेको सात महिना बित्यो । जन अपेक्षा पूरा हुनेगरी विकासकै काम गर्न मन्त्रीपरिषद बिस्तार गरेको दाबी गरेका पाण्डेले विकास निर्माणका कामलाई गति दिन भने सकेनन् । उनकै कार्यकालमा १९ अर्ब बजेट पि|mज भयो । तर पनि आफुले केही हदसम्म विकासको कामलाई निरन्तरता दिएको उनको दाबी छ ।  

बितेको साढे ४ बर्षमा बागमती प्रदेश सरकारले कानून बनाउनमा केही उपलब्धि हासिल गरेको छ । तर विकास निर्माणमा भने खासै प्रगति देखिएको छैन । अघिल्लो सरकारले प्राथमिकतामा राखेका गौरबका आयोजनामा समेत पाण्डे नेतृत्वको सरकारले बजेट नै छ्ुट्याएन । अझ सरकारका मन्त्रीहरुको विलासिताप्रतिको मोहले भने प्रदेश सरकारप्रति नै वितृष्णा बढाएको छ ।