५७ वटा आयोजनाबाट ८ सय मेगावाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिँदै

श्रावण १९, २०७९
५७ वटा आयोजनाबाट ८ सय मेगावाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिँदै

१८ घण्टासम्म लोडसेडिङ खेपेका नेपालीलाई खुसीको कुरा । निर्माण भइरहेका मध्ये ५७ वटा आयोजनाको ८ सय ८ मेगावाट बराबरको बिजुली अबको एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिादै छ । त्यसपछि देशमा खपत भएर बााकी रहेको बिजुली छिमेकीलाई बेचेरै वाषिर्क १६ अर्ब कमाउने योजना विद्युत प्राधिकरणले बनाएको हो ।

१ सय ११ वर्ष अघि अर्थात १९६८ सालमा तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरले ५ सय किलोवाट क्षमताको पहिलो फर्पिङ जलविद्युत आयोजना निर्माण गरेका थिए । त्यो बेलासम्म छिमेकी चीनमा जलविद्युत आयोजना शुरु नै भएको थिएन । भारतमा बिजुली बलेको एक बर्ष मात्रै भएको थियो । त्यसयता नेपालले अपेक्षित प्रगति उपलब्धि हात पार्न सकेन । तर अब आशाको संकेत देखिएको छ । गत वर्ष २४ आयोजनाबाट ७ सय ३५ मेगावाट बिजुली थपिादा यो वर्ष ४८ वटा जलविद्युत् र ९ वटा सोलारका गरी ५७ वटा आयोजनाबाट ८ सय ८ मेगावाट बराबरको बिद्युत राष्ट्रिय  प्रसारण प्रणालीमा थपिादैछ । अब बिजुली अपुग होइन बरु बढी हुन्छ । त्यसलाई बेचेर वर्षमा १६ अर्ब रुपैयाा कमाउने योजना प्राधिकरणलेे बनाइसकेको छ । 

हुन त नेपालको पानी प्रयोग गरेर हजारौं मेगावाट विजुली उत्पादन गर्न सकिने अनेकौं बहस हुने गरे पनि बषौर्ंसम्म अधिकांश नेपालीले सजिलै बिजुली बाल्न पाएका थिएनन् । २०५९ सालदेखि सुरु भएको लोडसेडिङ २०७३ सालको कात्तिक अघिसम्म त १८ घन्टासम्म  लोडसेडिङको मार खेप्नुपर्ने बाध्यतामा थियो मुलुक । झ्याप्झ्प्ती बिद्युत जाने समस्या हटेको थिएन । अहिले बिस्तारै छिमेकमा बिजुली बेचेर पैसा कमाउने अवस्था बन्दैछ । यद्यपि निर्यातभन्दा बढि बिजुली आयात भैरहेको छ । विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर करिब ४ अर्ब रुपैयाा आम्दानी गर्दा त्यहीाबाट १५ अर्बको बिजुली आएको छ । 

आगामी वर्ष बिजुली ब्यापारमा देश ६ अर्ब हाराहारीमा नाफामा जाने प्राधिकरणको दाबी छ । तर स्थानीय अवरोध, ठेकेदारको ढिलासुस्ती जस्ता कारणले समयमै प्रसारण लाइन र सबस्टेशनको निर्माण हुन नसक्दा बनेका आयोजनाले पनि पुरै क्षमतामा बिजुली उत्पादन गर्न पाएका छैनन् । 

बुढी गण्डकी, पश्चिम सेती जस्ता ठूला परियोजना बर्षौदेखि चर्चामा छन् । ट्रान्सर्फमर थप, प्रसारण लाइन निर्माण र बिस्तार गर्दै गुणस्तरीय बिजुली सबै नेपालीको पहुाचमा पुर्याउनु पर्नेछ । जलाशययुक्त आयोजना निर्माण गरी आयात अन्त्य तथा निर्यात बढाउादै मुलुकको अर्थतन्त्र बलियो बनाउन सक्ने आधार पनि जलविद्युत नै हो ।