तराईका अस्पतालमा डेंगुका बिरामीको चाप

श्रावण १९, २०७९
तराईका अस्पतालमा डेंगुका बिरामीको चाप

तराईका जिल्लामा उच्च ज्वरो र डेंगुको संक्रमण बढ्दा अस्पतालमा चाप परेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणले कतिपय परिवारका त सबै सदस्य थलिएका छन् । बिरामीले भरिभराउ अस्पतालहरुमा रगतको समेत माग बढेपछि रक्त संचार केन्द्रलाई भ्याइनभ्याइ भएको छ ।

एक हप्तासम्म उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर चिलाउनेलगायतका लक्षण भएका बिरामी तराईका जिल्लामा बढेको बढ्यै छन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १५ दिनमै १ हजार ८ सय २ जना उच्चज्वरोका विरामी उपचारका लागि पुगे । तीमध्ये २ सय ५१ जनामा डेंगु देखिएको छ । संक्रमित मध्ये गम्भीर खालका ३० जनालाई अन्यत्र पठाइएको छ । रक्त कोषिका कम भएका ४१ जना अस्पतालमै भर्ना छन् ।

रुपन्देहीसहित दाङ, बााके, बर्दिया, कैलाली, कन्चनपुर, बारा, पर्सा, मकवानपुरलगायतका जिल्लामा उच्च ज्वरो र डेंगुका बिरामी बढेका छन् । यी जिल्लाका धेरै जसो अस्पताल भरिभराउ छन् ।  विरामी बढेपछि दाङको राप्ती गाउापालिकाले त १ साताका लागि विद्यालय नै बन्द गरेको छ । डेंगुको संक्रमणले विरामीको प्लेटनेश अर्थात सेतो रगत घटाउने भएकाले अस्पतालहरुमा रगतको माग बढेको छ ।

डेंगु एडिस जातका एजिप्टाइ र अल्बोपिक्टस नामक पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सक बताउाछन् । 

अघिल्लो वर्षहरुमा स्थानीय तहले डेंगु नियन्त्रण गर्न लामखुट्टे नष्ट गर्ने र झुल वितरण गर्ने अभियान नै सञ्चालन गर्थे । तर, अहिले डेंगु नियन्त्रणको सरकारी अभियान ठप्प छ । यस्तोमा नागरिक स्वयम्ले सावधानी अपनाउनुको विकल्प देखिँदैन ।