अर्थमन्त्री शर्माले मन्त्रालयमा दोस्रो दिन के काम गरे त ?

श्रावण १६, २०७९
अर्थमन्त्री शर्माले मन्त्रालयमा दोस्रो दिन के काम गरे त ?

बजेटमा राष्ट्रघात गरेको गम्भीर विषयमा  माओवादी केन्द्रका विवादित नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएपछि झनै आलोचना भयो । सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका केही निहीत स्वार्थ पूरा गर्न अर्थमन्त्री बनाएको आरोप लागिरहेका बेलामा शर्माले मन्त्रालयमा गएर दोस्रो दिन के काम गरे त ?

चौतर्फी विरोध र आलोचनाका बीच अर्थमन्त्री बनेका जनार्दन शर्मा दोस्रो दिन अर्थात सोमबार विहान १० नबज्दै अर्थ मन्त्रालय पुगेका थिए । उनी दिनभर जस्तो कार्यकर्ता र सुभेच्छुकसाग भेटघाटमै व्यस्त भए । केही समय उनी मन्त्रालयका महाशाखा प्रमुखहरुलाई बजेट कार्यान्वयनको छलफलमा सहभागी भए र केही निर्देशनसमेत दिन भ्याए । 

२० गतेसम्म विदामा बसेका अर्थ सचिव मधुकुमार मरासिनीको विकल्पमा कृष्णहरी पुष्करलाई वा अरु कसलाई ल्याउने भन्नेमा उनले निकटस्थ र सल्लाहकारहरुसाग परामर्श गरे । चुनावको मुखमा विश्वासिलो अर्थ सचिवको खोजीमा शर्मा लागेका छन् । उनले आफू मातहत निकायका कम्पनीमा लाइसेन्स बााड्ने काम अघि बढाएकाले त्यो चुनावअघि नै सक्न चाहेका छन् । त्यसमाथि गठबन्धन शीर्ष नेताहरुको समेत केही स्वार्थ पूरा गर्नुपर्ने बाध्यतामा शर्मा रहेको विश्लेषक बताउाछन् । 

त्यसो त अर्थमन्त्री शर्माले नै सञ्चालनमा रहेका बिमा कम्पनीबीच व्यवसाय खोसाखोस गर्ने क्रम बढेका बेला बजेटमार्फत् नयाा लघुबिमा कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए । जबकी बिमा कम्पनीको संख्या घटाउन र उनीहरुको क्षमता बढाउन गत चैतमै बाध्यकारी रुपमा बिमा कम्पनीलाई पुाजी बढाउन बिमा समितिले निर्देशन दिएको थियो । लघु बिमा कम्पनी स्थापनाको अनुमति अर्थ मन्त्रालयले दिनुपर्छ । यसरी एकातिर संख्या घटाउन काम अघि बढिरहेको समयमा मन्त्री शर्माले कम्पनी थप्ने गरी बजेट बनाउनुलाई स्वाभाविक मानिएको छैन ।

त्यति मात्र होइन, नयाा स्टक एक्सचेन्ज स्थापनाका लागि मन्त्री शर्माले व्यापारीहरुसाग छलफल गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । अर्थ मन्त्रालयले नै अनुमति दिनुपर्ने भएकाले यो काम पूरा गरेर व्यापारीको सहयोग बटुल्ने लोभ मन्त्री शर्मामा देखिन्छ ।

सत्ता गठबन्धन इन्धनको कारोबारको जिम्मेवारी नीजि क्षेत्रलाई दिने खेलमा लागेको छ । त्यसैगरी सुरक्षाकर्मीलाई हेलिकोप्टर खरिद गर्नेदेखि चुनाव हुने ठूलो खर्चको व्यवस्थापन गर्ने बेलामा गठबन्धनका नेताहरुको जोडबलमा नै शर्मा अर्थमन्त्री बन्न सफल भएका हुन् ।