पाँचथरको फिदिममा पानीको चरम अभाव

असार १२, २०७९
पाँचथरको फिदिममा पानीको चरम अभाव

साँझ बिहान जरुवा धारा र पाधेरा पुगेर घण्टौं लाम लागेर पानी थाप्नुपर्ने पाँचथरको सदरमुकाम फिदिम क्षेत्रका नागरिकको दुःख १९ वर्षपछि दोहोरिएको छ । बृहत खानेपानी आयोजनाबाट लेदो मिश्रित पानी आउन थालेपछि फिदिम नगर क्षेत्रका प्रायः नागरिक पछिल्लो एक महिनादेखि स्वच्छ पिउने पानीका लागि दुःख गरिरहेका हुन् ।

सुखबोध माध्यामिक विद्यालय जोरसाल कक्षा १० मा अध्ययनरत भुमिका सापकोटाको पीडा भावना र पबित्राको भन्दा अझै जटिल छ । फिदिम बजार आसपास टैंकीधारा, बुलबुलेधारा, दमाईधारा, गोलधारा र चिसापानी जस्ता आधा दर्जन जरुवा र मुल धारा छन । यी जरुवा र धारामा बिहान ३ बजेदेखि राती १० बजेसम्म पानी थाप्नेको भीड लाग्छ । प्रायः धारामा स-साना बोत्तलदेखि जरकिन, गाग्री र जार लिएर पानी थाप्न पुग्ने उपभोक्ता दैनिक आधादेखि तीन घण्टासम्म लाम लाइन लाग्दै पालोमा पानी थापेर घर फर्किन्छन् । फिदिम क्षेत्रमा २०५९ सालसम्म स्वच्छ पिउने पानीको हाहाकार अहिलेकै अवस्थामा थियो । २०६० सालमा पााचथर उद्योग बाणिज्य संघले बजारमा चन्दा संकलन गरी नजिकैको कात्तिके मुहानबाट स्वच्छ पिउने पानी ल्याएर बजार क्षेत्रमा १७ वटा सार्वजनिक धारा मार्फत वितरण गरेपछि पानीकै लागि जरुवा धारा चहार्नुपर्ने अवस्था अन्त्य भएको थियो । १७ करोड  १४ लाख बजेट खर्चिएर खानेपानी तथा सब डिभिजनले सञ्चालन गरेको आयोजनाबाट अहिले शुद्ध पानी नआउादा पुरानो समस्या बल्झिएको हो । 

फिदिमको खानेपानी समस्या समाधान कसरी हुन्छ भन्ने विषयमा खानेपानी तथा सरसफाई सब डिभिजन, उपभोक्ता समिति र स्थानीय सरकार चनाखो हुन जरुरी छ ।