रुकुमकोटको कमल ताल पर्यटकीय गन्तव्य बन्दै

असार ११, २०७९
रुकुमकोटको कमल ताल पर्यटकीय गन्तव्य बन्दै

हिलोमाथी फूल्ने कमल पलाएर हरित बनेको यो हो- रुकुम पूर्वको कमल ताल । यहाा कमल पलाएको मात्रै छैन, ढकमक्क फुलेको छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट उपत्यकामा अवस्थित कमल दह यतिबेला साच्चै नै हेर्न लायक भएको छ । हरेक वर्ष जेठ-असारमा फूल्ने कमलको चैतमा जरा निकालेर अचारका रुपमा खाने गरिन्छ । प्रकृतिको अनुपम उपहारका रुपमा रहेको कमल तालको सौन्दर्य हेर्न अहिले आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ । 

मध्यपहाडी राजमार्ग छिचोलेर पोखराबाट पर्वत अनि बागलुङ हाुदै यहाा पुग्न सकिन्छ । सुर्खेत, नेपालगञ्ज र दाङबाट पनि सल्यान, जजरकोट र रुकुम पश्चिम हुादै राप्ती राजमार्ग भएर कमल तालसम्म पुग्न सकिन्छ । यहाा पुगेपछि स्थानीयको मौलिक जीवनशैली र कला-संस्कृतिसाग पनि साक्षात्कार हुन पाईन्छ ।

प्रकृतिको सुन्दर कृति, पानीमाथी कमलका बोट अनि त्यसैमा ढकमक्क भएर फलेका फूलसाग निकटता बढाउन र तालको समिपमा रम्न पुग्नेहरुकै कारण पनि यहाा चहलपहल बढ्ने गर्दछ ।