सीटीइभीटीले कम विद्यार्थी भएका विद्यालयको शैक्षिक कार्यक्रम रद्द गर्ने

असार ११, २०७९
सीटीइभीटीले कम विद्यार्थी भएका विद्यालयको शैक्षिक कार्यक्रम रद्द गर्ने

सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढाउने प्रयास गर्दै छ । तर पनि विद्यार्थी बढ्न सकेका छैनन् । लगानीअनुसार प्रतिफल आउन नसकेपछि कम विद्यार्थी भएका प्राविधिक तथा व्यवसायिक शिक्षा पढाउने सामुदियक विद्यालयको शैक्षिक कार्यक्रम रद्द गर्ने तयारी गरेको छ । राजनीतिक नेताको दवाव र पहुँच विना नक्सांकनका आधारमा जथाभावी प्राविधिक धारका कार्यक्रम विस्तार गर्दा समस्या देखिएपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीले कम विद्यार्थी भएका विद्यालयको शैक्षिक कार्यक्रम रद्द गर्न लागेको हो ।