राजधानी काठमाडौं दिनभर व्यस्त भए पनि साँझ पर्न नपाउँदै चकमन्न

असार ११, २०७९
राजधानी काठमाडौं दिनभर व्यस्त भए पनि साँझ पर्न नपाउँदै चकमन्न

सामान्यतः विश्वका ठूला शहर अझ महानगरहरु २४ सै घण्टा चलायमान हुन्छन् । सम्पन्न मुलुकको भ्रमण गरेर फर्किएका नेपालीहरु पनि आफ्नो देशमा पनि त्यस्तै कल्पना गर्दछन् । तर संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर दिनभर व्यस्त भएपनि साँझ खस्न नपाउँदै चकमन्न हुने गरेको छ । कतिसम्म भने, राति आकस्मिक सेवा लिनु पर्‍यो भने नागरिकले निकै कष्ट भोग्नुपर्छ ।

संघीय राजधानी काठमाडौं जहाा करिब ४० लाख मानिस बस्छन् । यहाा अनेक किसिमका व्यवसाय छन्, औद्योगिक क्षेत्र छ । तर काठमाडौं रातको ८ बजे नै सुनसान हुन्छ । विकसित देशका ठूला महानगर २४ सै घण्टा खुल्छन् । जसले अर्थतन्त्रको विकासमा सहयोग पुगेको छ । काठमाडौंले पनि आर्थिक समृद्धि हासिल गर्न रातदिन काम गर्नुपर्ने हो तर रातको ८ बजेपछि यहाँ सार्वजनिक सवारी साधन भेट्नै मुस्किल छ । 

ठमेल र दरबार मार्गका केही रात्रीकालीन व्यवसायबाहेक अन्य क्षेत्र सम्सााझै सुनसान हुन्छ । 

राति शहरका मुख्य चोकमा छिट्टफुट्ट ट्याक्सी रोकिएका हुन्छन् । यस्ता ट्याक्सी अप्ठेरो परेर चढ्नेहरुका लागि निकै महंगो हुन्छ । 

केही वर्षअघि काठमाडौं महानगरपालिकाले राति १० बजेसम्म सार्वजनिक बस चलाउन थालेको थियो । तर पछि रोकियो । अहिले पनि बेलाबेलामा काठमाडौंको रात्रीजीवन चलायमान बनाउने चर्चा त चल्छ,  तर त्यत्तिकै सेलाउाछ । दिनभर हुने भीडभाड कम गर्न र नागरिकलाई व्यस्त बनाउादै आर्थिक गतिविधि चलायमान बनाउन पनि संघीय राजधानीबाटै प्रयास किन नगर्ने ?