शेयर लगातार घट्दा अतालिए लगानीकर्ता, कारण के ?

असार ११, २०७९
शेयर लगातार घट्दा अतालिए लगानीकर्ता, कारण के ?

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जा एक ब्यक्तिले एउटै बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेपछि बजार घट्न थालेको थियो । अझ बैंकले धितोमा राखेको सेयर बेच्न लगानीकर्तालाई दवाव दिएपछि झनै घटेको छ । महंगी बढ्दै जानु र तरलता अभाव हुनु पनि बजार घट्नुको कारण मानिएको छ ।

त्यसो त नेपालमा मात्रै नभई विश्व बजारमै महंगी बढेको छ । अमेरिकामा ४१ वर्षयताकै उच्च अर्थात् ८ दशमलव ६ प्रतिशतले ब्याज बढेपछि केन्द्रीय बैंक फेडरल रिजर्भले शुन्य दशमलव सात-पााच प्रतिशतले ब्याज बढाएर १ दशमलव सात-पााच पुर्‍याएको छ । महंगी र ब्याजदरका कारण अमेरिकाको सेयर बजार परिसूचक तीन महिनाको अवधिमा न्यासड्याक २९ सय ५९ अंक अर्थात् २० प्रतिशत र डाउजन्स ४ हजार ३० अर्थात ११ प्रतिशतले घटेको छ ।

अमेरिकी मात्रै होइन, बेलायतको सेयरबजार परिसूचक फिट्से फाइभ हन्ड्रेड तीन महिनाको अवधिमा ४ सय ४७ अंकले  ओर्लिएर ७ हजार २० बिन्दूमा आएको छ । एसिएन शेयर बजारअन्तर्गत जापानको निकेइ तीन महिनाको अवधिमा ६ दशमलव ८ प्रतिशत, हाइसाङ इन्डेक्स ३ प्रतिशत र छिमेकी मुलुक भारतको बम्बे स्कट एक्सचेन्ज सेन्सेक्स ९ प्रतिशतले तल आएको छ । महंगीका कारण बढेको खर्च र त्यसलाई नियन्त्रण गर्न बढेको ब्याजको असर बिश्व बजारमा देखिएका मन्दीको संकेत शेयर बजारमा परेको हो । 

बजार घटेका बेला लगानीकर्ताको मनोवल गिर्न नदिनु नियामक निकायको जिम्मेवारी हो । तर, बढे खाउँला घटे सहुँला भनेर लगानी गरेका सेयर लगानीकर्ताले पनि विश्व अर्थतन्त्रसँगै मुलुकको अर्थतन्त्रका आर्थिक परिसूचक हेरेर सचेत हुँदै लगानी गर्न जरुरी छ ।