क्यानमाथि ६ वर्षदेखिको आर्थिक नियन्त्रण फुकुवा

असार ११, २०७९
क्यानमाथि ६ वर्षदेखिको आर्थिक नियन्त्रण फुकुवा

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीले नेपाल क्रिकेट संघ क्यानमाथि ६ वर्षदेखि लगाएको आर्थिक  नियन्त्रण फुकुवा गरेको छ । सरकारी हस्तक्षेप, विवादास्पद साधारण सभा तथा आर्थिक पारदर्शिता नभएको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर अहिले क्यानको कार्य सम्पादनप्रति सन्तुष्ट हुँदै आइसीसीले नियन्त्रण पूर्णरुपमा फुकुवा गरेको हो ।

जन्मसिद्धका आधारमा नागरिकता लिएकाका सन्तान र विदेशी ज्वाईको हकमा समेत दलहरू विभाजित छन् । २०७५ साउन २२ गते संसदमा दर्ता भएको नागरिकता विधेयकमा शीर्ष तहमा सहमति नजुटेसम्म संसदीय प्रक्रियामा जाने देखिँदैन ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीका प्रतिनिधी इम्रान खवाजासहित तीन प्रतिनीधी नेपाल आएका थिए ।  पछिल्लो तीन वर्ष यता क्यानको कार्यसम्पादन तथा आर्थिक पारदर्शिताबारे आइसीसीले मुल्याङकन गर्दै आएको थियो । अघिल्लो महिना आइसीसीका प्रतिनीधीह नेपाल आएर क्यानको कार्यसम्पादन तथा आर्थिक पारदर्शिता लगायत पछिल्लो स्थितीबारे जानकारी लिएको थियो । त्यही टोलीको प्रतिवेदनअनुसार क्यानमाथिको प्रतिबन्ध फुकुवा भएको हो ।