झापाका बंगुरमा अफ्रिकन स्वाइन फिवर देखिएपछि व्यवसाय संकटमा

असार ११, २०७९
झापाका बंगुरमा अफ्रिकन स्वाइन फिवर देखिएपछि व्यवसाय संकटमा

नेपालमा खपत हुने बंगुरका पाठापाठी तथा मासुको ५० प्रतिशत उत्पादन प्रदेश नं. १ मा हुने गरेको तथ्यांक छ । प्रदेश १ मा पनि झापामा सबैभन्दा वढी बंगुर उत्पादन हुन्छ । तर झापामा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिवर देखा परेपछि व्यवसाय नै संकटमा परेको छ ।

झापाको, कमल गाउापालिकामा झन्डै दुई दशक अघिदेखि कुलुङ बंगुर फार्म स्थापना गरेर बंगुर पालन गर्दै आएका सञ्जीव राई अहिले व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन् । कोरोनाकालमा समेत धेरै संकट नझेलेका राई अहिले आफूले पालेका बंगुर बिक्री हुन छाडेपछि चिन्तित छन् । अफ्रिकन स्वाइन फिवर रोगका कारण उनले पालेका बंगुर बिक्री भएका छैनन् । यसअघि राजधानी काठमाडौं र भारतका विभिन्न ठाउामा उनले पालेका बंगुर निर्यात हुादै आएका थिए । अहिले उनको फार्ममा मासु बनाउन तयार भएका ७ सय र एक हजार पाठापाठी गरी र्फाममा २३ सय बंगुर छन् । संख्या बढीरहने तर बिक्री नहुने र खर्च मात्र बढ्ने भएपछि उनी व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् । 

कतिपय किसानका बंगुर रोग लागेर फार्ममै मर्न थालेका छन् । मेचीनगर नगरपालिका वडा नं. ६ मा रहेको स्मार्ट एग्रो फार्ममा ८५ वटा बंगुर मरे । भटाभट बंगुर मरेर आफ्नो सर्वस्व भएपछि किसानले राहतको माग गरेका छन् ।

बंगुरमा लाग्ने रोग अफ्रिकन स्वाइन फिवरको भ्याक्सिन बनेको छैन । सर्ने रोग भएकाले एउटा फार्ममा संक्रमण देखापरे सवै वुगुंर सखाप हुन्छन् । निर्मलीकरण र ओसारपसारमा बन्देज गर्न सके मात्रै रोग न्यूनीकरण गर्न सकिने विज्ञ बताउँछन् । 

अफ्रिकन स्वाइन फिबर एउटा फार्मबाट अर्कोमा सर्न नदिन फार्म सञ्चालक नै सचेत हुनुपर्छ । त्यसमाथि प्रहरी प्रशासन र स्थानीय तहले ओसारपसारमा कडाइ गरे मात्र रोग नियन्त्रण गर्न सकिन्छ ।