Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०७९

असार १०, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०७९

आजको मुख्य समाचार: 

* अधिकांश स्थानीय सरकारले ल्याए नयाँ बजेट / तेलमा आत्मनिर्भर हुनेदेखि गाइभैँसीलाई सुत्केरी भत्तासम्मको व्यवस्था / धेरैको प्राथमिकतामा कृषि र पूर्वाधार । 

* न्याय क्षेत्रका विकृति छताछुल्ल हुँदासमेत दलहरु दाउपेचमै / प्रधानन्यायाधीश विरुद्धको महाअभियोग संसद्मै अलपत्र / पूर्वन्यायाधीश भन्छन्- बिचौलियाले बिगारे ।

* खाद्य बस्तुको भण्डारण र बजार व्यवस्थापनमा सावधानी नअपनाउँदा ३० प्रतिशतसम्म नोक्सानी / तरकारी र फलफूल आधाभन्दा बढी खेर । 

* गुजरात दंगामा प्रधानमन्त्री मोदीको स‌ंलग्नता नरहेको भारतीय सर्वोच्च अदालतको ठहर / गुजरात अदालतकै निर्णय सदर ।

* नेपाल एसीसी महिला टी-ट्वेन्टी च्याम्पियनसिपको सेमीफाइनलमा अभागी सावित / पहिलोपटक एसिया कप खेल्ने अवसरमा वर्षा बाधक / युएई फाइनलमा ।