ठेक्का रद्दा भएपनि रौतहटको लाल बकैया नदीको पुल निर्माण रोकिएन

असार १०, २०७९
ठेक्का रद्दा भएपनि रौतहटको लाल बकैया नदीको पुल निर्माण रोकिएन

सरकारले कालोसूचीमा राखेको पप्पु कन्सट्रक्सनले काम नगरेपछि रौतहटको लाल बकैया नदीको पुल ८ वर्षदेखि अलपत्र छ । करिब १७ करोड रुपैंया लागतको पुलको काममा ठेकेदार कम्पनीले लापरवाही गरेपछि सडक डिभिजन कार्यालयले ठेक्का नै रद्ध गरेको छ । सरकारी पक्षले ठेक्का तोडे पनि पप्पु कन्सट्रक्सनले पुलको काम रोकेको छैन ।

रौतहटको ईशनाथ नगरपालिकाका दुई दर्जनभन्दा बढी गाउँलाई सदरमुकाम गौरसँग जोड्न लालबकैया नदीमा पुल निर्माण शुरु भएको ८ बर्ष भैसक्यो । २०७१ असार १६ मा सम्झौता भएको पुलको निर्माण २०७४ असार २५ गतेभित्रै सकिनुपथ्र्यो । १६ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुल समयमै बनाउन ठकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले चासो दिएन । गरेको काम पनि गुणस्तरहीन भएको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जेठमा ठेक्का सम्झौता तोडिसकेको छ । 

सडक डिभिजन कार्यालयले ठेक्का तोडे पनि ठेकेदार कम्पनीले भने काम रोकेको छैन । बरु सडक डिभिजन कार्यालयको निर्णयबिरुद्ध उसले अदालतमा रिट हालेपछि जेष्ठ १० को पत्राचार एबम सुचनाहरु कार्यान्यन गर्नु नगराउनु यथास्तिथि राख्नु  भन्ने अन्तरिम आदेश जारी भएको छ । त्यसैलाई देखाएर पप्पुले पुल निर्माणको काम रोक्न नमान्दा सडक कार्यालय र ठेकेदारबीच बिवाद बढेको हो । 

ठेक्का तोडेको सरकारी पक्षले निर्माणाधिन कामको गुणस्तर नापजााच तथा परीक्षण समेत गर्न छाडेको छ । बकैयाको पुल समयमा निर्माण नभएकै कारण ०७५ भदौ ९ गते डुंगा दुर्घटना हुादा ५ जनाको ज्यानै गएको थियो । तर समयमा काम सक्न पप्पु कन्सट्रक्सनले वास्तै गरेन । लालबकैया नदीको टिकुलिया घाटमा पुल नहाुदा स्थानीय बासिन्दाले निकै सास्ती भोग्नुपरेको छ ।