हेटौंडा उपमहानगरपालिकामा बनाइएका साइकल लेनमै सवारी पार्किङ

असार १०, २०७९
हेटौंडा उपमहानगरपालिकामा बनाइएका साइकल लेनमै सवारी पार्किङ

इन्धन खपत घटाउने र वातावरणमैत्री सवारी प्रवर्द्धन गर्ने नीति लिएको हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमै साईकल लेन बनाएको छ । राजमार्ग क्षेत्रमा साईकल यात्रीलाई सहज तरिकाले सुरक्षित यात्रा गर्न उपमहानगरपालिकाले चालू आर्थिक वर्षमै साइकल लेन बनाएको हो । तर बनाइएको साईकल लेन प्रयोगमा आउन सकेको छैन । उल्टै साइकल लेनमै सवारी पार्किङ गरिँदा राजमार्ग साँघुरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य बजारक्षेत्र पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्दछ । ९ मिटरको यो सडक साँघुरो भयो भन्दै सडक बिस्तार गर्नुपर्ने आवाज उठीरहेको छ । यही दुई लेनको साँघुरो सडकमा हेटौँडा उपमहानगरपालिकाले साईकल यात्रीलाई सुरक्षित यात्राका लागि चालू आर्थिक वर्षमै साईकल लेनसमेत बनाई दिएको छ । साइकल लेन बनाउन ५ लाख रुपैयाँ खर्चिएको उपमहानगरपालिकाले प्रयोगमा भने ल्याउन सकेको छैन । उल्टै साईकल लेनमै अन्य सवारी साधन पार्किङ हुने गरेको छ । 

स्वास्थ्य र वातावरणीय पर्यावरणका हिसाबले समेत साईकल यात्रा उपयोगी मानिन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेका बेला इन्धनको खपत घटाउन साईकल लेन आवश्यक भए पनि सााघुरो राजमार्गमै साईकल लेन बन्नु भने उपयुक्त नभएको यहााका सर्वसाधारणको बुझाई छ । 

उपमहानगरपालिकाले नै पार्किङका लागि छुट्याएको क्षेत्रमा साईकल लेन बनाएको हो । अब यो सडक साइकल यात्रीले प्रयोग गर्ने वा अन्य सवारी साधन पार्किङ गर्ने भन्नेमा अन्योल देखिएको छ । तर उपमहानगरपालिकाले भने साइकल लेन प्रयोगमा आउने दाबी गरेको छ । 

त्यसो त बजार क्षेत्रको सडक सााघुरो हुादै गएको छ । त्यसमाथि पूर्व-पश्चिम राजमार्ग मुख्य बजार क्षेत्रबाटै गएकाले जोखिम पनि उस्तै छ । यो अवस्थामा सााघुरो सडकलाई फराकिलो बनाउादै छुट्टै साइकल लेन निर्माण गर्न नागरिकले उपमहानगरालिकालाई सुझाव दिएका छन् ।