Kantipur Samachar | कान्तिपुर समाचार, ०८ असार २०७९

असार ८, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०८ असार २०७९

आजको मुख्य समाचार: 

* प्रतिनिधि र प्रदेशसभाको चुनाव कात्तिक ३० गते एकैचरणमा गर्ने निर्वाचन आयोगको तयारी / सत्तारुढ दलहरुको ध्यान भने सिट बाँडफाँटमै / एमालेले जितेको ठाउँमा भागबण्डा गर्ने रणनीति ।  

* काठमाडौं जिल्ला अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच आर्थिक चलखेलको अडियो प्रकरणले न्याय क्षेत्र तरंगित / घुस लेनदेनबारे छानबिन गर्न समिति गठन / न्यायाधीश कोइरालालाई  कार्यसम्पादनमा रोक ।  

* विदेशी मुद्रा सञ्चिति छ महिनाको आयात धान्न मात्रै बाँकी / व्यापारमा जाने ऋण र आयात नियन्त्रण नगरे मुलुकको आर्थिक अवस्था झनै कमजोर हुने निश्चित ।  

* अफगानिस्तानको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो / सयौं घाइते / प्रभावित क्षेत्र दुर्गम भएकाले उद्धारमा कठिनाइ ।

* राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको भविष्यलाई लिएर अडकलबाजी सुरु / एन्फाले चाहेर मात्र हटाउन नसक्ने / कतार फुटबल संघको समेत सहमति आवश्यक ।