Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असार २०७९

असार ७, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असार २०७९

आजको मुख्य समाचार: 

* चौतर्फी महंगीले दैनिकी चलाउनै सकस हुँदा पनि सरकार संवेदनहीन/ आपूर्तिमन्त्री बडू भन्छन्, पेट्रोलियम पदार्थको मूल्य सरकारकै काबु बाहिर गयो/ जनताका समस्यामा प्रतिपक्ष पनि मुकदर्शक । 

* अनुमति लिँदाकै कार्यक्षेत्रमा जान सरकारले दिएको निर्देशन अस्वीकार गर्दै वायुसेवा सञ्चालक आन्दोलनमा/ भोलिदेखि सबै उडान ठप्प पार्ने धम्की / प्राधिकरण भन्छ, अत्यावश्यक सेवामा हड्ताल गरे कारवाही।  

* आफ्नै विधि र विधानमा चल्न सकेन सत्तारुढ कांग्रेस/ महाधिवेशन सकिएको ६ महिना वित्दा पनि केन्द्रीय समिति अपुरो/ भ्रातृ संस्था र विभागको बिजोग/ पुरानै शैली दोहोर्याएको भन्दै सभापति देउवाको आलोचना ।

* सत्ता गठबन्धनको झगडाले इजरायलमा राजनीतिक अस्थिरता/ चार वर्षमा पाँचौं पटक संसदीय निर्वाचनको तयारी/ पूर्वप्रधानमन्त्री नेतन्याहु कै लागि वातावरण अनुकूल बन्दै ।

* नेपाल, एसीसी महिला टि-ट्वेन्टी च्याम्पियनसिपमा हङकङसँग ७ विकेटले पराजित/ समुह विजेता बन्ने सम्भावना कमजोर ।