नेपालगन्जको नेतृत्व यस पटक नेपाली कांग्रेसको हातमा

जेष्ठ ८, २०७९
नेपालगन्जको नेतृत्व यस पटक नेपाली कांग्रेसको हातमा

स्थानीय तह निर्वाचनमा अत्यधिक मतका साथ   नेपालगन्ज उपमहानगरको प्रमुखमा विजयी भएका नेपाली कांग्रेसका प्रशान्त बिष्ट र जनता समाजवादी पार्टीबाट उपप्रमुखमा विजयी भएका कमरुद्धिन राई शनिबार सयुक्तरुपमा विजयउत्सवमा सहभागी भए । फरक सिद्धान्त र बिचार अनुयायी  हुादाहुादै  पनि  ५ वर्ष लागि नेपालगन्ज उपमहानरको बागडोर यीनै  नेताको हातमा पुगेको छ । 

 

राजनीतिक इतिहास हेर्दा २०१९ देखि २०२२ सालसम्म कांग्रेसका कृष्णजंग शाह, २०४९ देखि २०५४ सम्म विजयकुमार गुप्ताले नेपालगन्ज उपमहानगरको नेतृत्व गरेका छन् । त्यसअघि २०१७ सालमा स्वतन्त्र उम्मेदवार  मुलचन्द आजाद नगर प्रमुख बनेका थिए । २०५४ देखि २०५९ सम्म एमालेबाट डा. धवलसमशेर राणा प्रमुख बने । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राणाले एमाले त्यागेर राप्रपाबाट नेपालगन्ज उपमहानगरको प्रमुख बने । तर ती निर्वाचनमा अहिले जस्तो विपरित सिद्धान्त र विचार बोकेका पार्टीबीच गठबन्धन  थिएन । तर जसपा र माओवादीसाग गठबन्धन बनाएर निर्वाचनमा उत्रादा नेपाली कांग्रेसले उपमहानगरको नेतृत्व त  प्राप्त गर्‍यो तर  जसपाले नेका र राप्रपाको आधार क्षेत्र भत्काउन  सफल भएको देखिन्छ । 

फरक-फरक राजनीतिक सिद्धान्त र विचार हुादाहुादै पनि नेपालगन्ज उपमहानगरको नेतृत्वमा पुगेका  नेपाली कांग्रेसका प्रशान्त विष्ट  र जसपाका  कमरुद्धिन राईले नेपालगन्जको परिवर्तनको  रेखा कसरी कोर्ने हुन् त्यो भने हेर्न बााकी नै छ ।