नेकपा मसाल र जनमोर्चालाई आधार क्षेत्रमै शाख जोगाउन चुनौती

जेष्ठ ८, २०७९
नेकपा मसाल र जनमोर्चालाई आधार क्षेत्रमै शाख जोगाउन चुनौती

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा राष्ट्रिय जनमोर्चाले एउटा मात्रै स्थानीय तहमा जित हात पार्‍यो । २०७४ सालको निर्वाचनमा दुई गाउापालिका अध्यक्ष, उपाध्यक्ष तथा ११ वडा एक्लै जितेको जनमोर्चा यस पटक सत्ता साझेदार दलहरुसाग गठबन्धन गर्दा पनि एक अध्यक्ष र दुई उपाध्यक्षमा खुम्चिएको छ । मसालका महामन्त्रीकै गृह पालिकामा जनमोर्चा वडामा मात्र सीमित भयो । यसले पनि जनमोर्चालाई शाखा जोगाउन निकै सकस परेको देखिएको छ ।

पार्टीभित्रको लगातारको विवाद र परिवारवादको आरोपले मसाललाई आफ्नै गढमा शाख जोगाउन हम्मेहम्मे परेको हो । मसालमा अहिले प्रभावशाली नेताको पार्टी छाड्ने लहरनै चलेको छ । जसले गर्दा मसाललाई आगामी निर्वाचनमा झन् समस्या पर्ने देखिन्छ । 

कुनै समय एक्लै सबै दललाई टक्कर दिने मसाल प्यूठानमा अब अर्काे दलसाग गठबन्धन गर्दा पनि हार्नुपर्ने अवस्थामा पुगेको छ । जसले अब मसाललाई आफ्नो गढमा शाख जोगाउन परिवारवादभन्दा माथि उठ्नै पर्ने आवश्यक छ ।