हेटौंडा उपमहानगरमा एमालेले आफ्नो अपराजित यात्रा कायम राख्न सकेन

जेष्ठ ८, २०७९
हेटौंडा उपमहानगरमा एमालेले आफ्नो अपराजित यात्रा कायम राख्न सकेन

लगातार हेटौाडा उपमहानगरपालिकको नेतृत्व गर्दै आएको नेकपा एमालेको बिराशत खोस्दै नेकपा -एकीकृत समाजबादी) की मीना लामा पहिलोपटक हेटौाडा उपमहनगरपालिकाको प्रमुख बनिन् । २०७४ को निर्वाचनमा एमालेबाटै उपप्रमुख बनेकी लामा अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टीको सहयोगमा प्रमुख बन्न सफल भईन् । 

लामाले २३ हजार ७५ मत ल्याउादा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । विभाजनका बीच राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखका उम्मेद्वार बनेका दिपक बहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याए । कमल थापाको गृह जिल्लामा थापा नेतृत्वको राप्रपा नेपालको उम्मेद्वार नहुादा सिंहले त्यो मतलाई समेत आफ्नो पक्षमा पारे । गठबन्धन र एमालेको मत  लिएर सिंहले हेटौाडामा आफ्नो शक्तीलाई बलियो बनाए । एमालेले आफ्नै मतको सुरक्षागर्न नसक्दा नतीजा गठबन्धनका उम्मेद्वारको पक्षमा पुग्यो । २०४६ सालमा बिद्यार्थी राजनीतीबाट राजनीतिक यात्रा आरम्भ गरेकी प्रमुख लामा २०७१ सालमा नेकपा एमालेको उपसचिब बनिन् । २०७४ मा उपप्रमुख बनेकी लामा एमाले विभाजनसंगै नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बनिन् । समाजशास्त्रमा स्नाकोत्तर र कानून संकायमा एलएलबी अध्ययन गरेकी लामा हेटौाडा उपमहानगरको प्रमुख जित्दा नेपाली कांग्रेसका राजेश बानियाा उपप्रमुख बनेका छन् ।