Kantipur Samachar | कान्तिपुर समाचार, ०७ जेठ २०७९

जेष्ठ ७, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०७ जेठ २०७९

आजको मुख्य समाचार

* स्थानीय तह निर्वाचनको ६० वटा पालिकाको नतिजा आउन बाँकी / विराटनगरमा कांग्रेसका नागेशले जित्दा काठमाडौंमा बालेन्द्र र चितवनमा रेणुको अग्रता कायमै / हेटौंडा र बुटवलमा एमालेको किल्ला भत्कियो ।  

* आठ वर्षअघिको बलात्कार घटनाका आरोपी मनोज पाण्डे काठमाडौंबाट पक्राउ / पीडितलाई न्‍याय दिन माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन ।

* सातामा दुई दिन बिदा दिने सरकारी निर्णय स्थानीय तह र शैक्षिक संस्थाले मानेनन् /  शिक्षा प्रणालीमै आघात पुग्ने नीजि विद्यालय सञ्चालकको ठम्याइ / कारबाही गर्ने सरकारको चेतावनी ।  

* अस्ट्रेलियामा भएको आमनिर्वाचनमा विपक्षी लेबर पार्टी बहुमत नजिक / प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार / विपक्षी नेता एन्थोनी अल्बानीज नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का ।  

* युगान्डा विरुद्धको पाँचौं तथा अन्तिम टि-ट्वेन्टी खेलमा नेपाल ३३ रनले विजयी / तीन- दुईले सिरिज गुमाएका नेपाली खेलाडी भन्छन्- फिटनेसमा सुधार आवश्यक ।