लोपोन्मुख मगन्ता समुदाय पहिलोपटक सरकारको नेतृत्वमा

जेष्ठ ७, २०७९
लोपोन्मुख मगन्ता समुदाय पहिलोपटक सरकारको नेतृत्वमा

पश्चिम तराईमा बसोबास गर्दै आएको अति विपन्न र लोपन्मुख मगन्ता समुदायले पहिलो पटक स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ । बााकेको डुडुवा गाउापालिकामा मागेरै जीवन निर्वाह गर्ने समुदायकी महिला वडा सदस्य निर्वाचित भएकी हुन् । लोकतन्त्र र संघीयताले सबैलाई समान अधिकार दिन्छ भन्ने यो महत्वपूर्ण सन्देश पनि हो ।

शुक्रबार बिहानै बााकेको डुडुवा गाउपालिका- ६ को यो मगन्ता समूदायको बस्तीमा पुग्दा जवन्ती महाउत आफ्नै सानो फुस्को घर अगाडिको नल्कीमा मुख धुादै थिइन । वडा कार्यालयको बैठकमा जानुपर्ने भएकोले उनलाई निकै हतार थियो । लेखपढ गर्न नजान्ने भए पनि जवन्ती मागेरै जीवन चलाउने अर्थात महाउत समूदायबाटै  पहिलो पटक वडा सदस्यमा विजयी भएकी हुन् । स्थानीय सरकारको बैठकमा उनले बस्तीको बिकास र गरिबको हितका योजनाका बारेमा कुरा राख्ने योजना बनाएकी छन् । 

करिब एक सय ५० बर्षदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका मगन्ता समुदायले आफ्नो गाास बास र कपाससहितका आधारभूत अधिकार समेत नपाएको भन्दै यसपाली आफ्नै बलबुताले जवन्तीलाई राजनीतिक मैदानमा उतारेका थिए । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएपछि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा  ७ सय ९५ मत ल्याएर चुनाव जितिन् । आफूभन्दा शक्तिशाली भीरानादेवी मौर्यलाई पराजित गरेर जवन्तीले चुनाव जित्नुलाई मगन्ताहरुले  गरीबका पनि दिन आउाछन् भन्ने अर्थमा बुझेका छन् । 

झट्ट सुन्दा पनि अचम्म लाग्छ, मगन्तनपूर्वाको बस्तीका बासिन्दाको पेशा भनेकै मागेर खानु हो । त्यहाा १ सय १५ घर परिवारका  सबैका घर फुसका छन् । पानी पर्दा छानोबाट चुहिएर घरभित्रै ताल बन्छ । बर्खामा हिडने बाटो हुन्न ।  ओढ्ने, ओछ्र्याउने त परै जाओस लगाउने गतिलो कपडा कसैसाग छैन् । मागेर र केहीले मजदुरी गरेर कमाएको पैसाले खान पुग्दैन । जताततै फोहोरको डुङ्गुर देखिन्छ । यि सारा समस्या समाधानको पहल गर्ने ठाउा अर्थात गाउा सरकारमा जवन्ती पुगेकी छन् ।

बाँके र बर्दियामा  मगन्ता  समुदायका  ३ सय ४९ घर परिवारका  ७ सय ८ महिला र ७ सय ८१ जना पुरुष छन् ।