जनप्रतिनिधि चुन्न घर आएका युवाहरु कामको खोजीमा फेरि भारत फर्किन बाध्य

जेष्ठ ६, २०७९
जनप्रतिनिधि चुन्न घर आएका युवाहरु कामको खोजीमा फेरि भारत फर्किन बाध्य

पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएका युवा पुनः विदेशिन थालेका छन् । स्थानीय तहमा आफ्ना जनप्रतिनिधि चयन गरेपछि उनीहरु र्फकन थालेका हुन् । श्रमका लागि विदेशीन बाध्य युवाले नवनिर्वाचित जनप्रतिनिधिप्रति कस्ता अपेक्षा राखेका छन् त ?

रुपन्देहीको बेलहिया नाकाबाट भारततर्फ जाादै गरेका यी नेपाली नागरिक कामको खोजिमा छन् । आफ्ना जनप्रतिनिधि चयनका लागि स्वदेश फर्किएका युवाहरु अब धमाधम पुनः विदेशीन थालेका हुन् । मातृभूमिमै रोजगारीको व्यवस्था भए उनीहरु भारत जानै चाहादैनन् । तर, स्थानीय सरकारले विदेशीने श्रमिकलाई रोक्न खासै पहल गरेको छैन । 

निर्वाचनमा सहभागी हुन भारतबाट स्वदेश फर्किएका नागरिक पुनः त्यसतर्फ जान थालेका हुन् । पश्चिम नेपालका बेलहिया, कृष्णनगर, जमुनाहा, गौरी फण्टा र गड्डा चौकी नाका भएर दैनिक पााच हजार बढी नागरिक भारत पलायन भइरहेका छन् । उनीहरुले नवनिर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुसार काम गर्न सुझाएका छन् ।

स्थानीय तह निर्वाचनमा सहभागी हुन जोस, उत्साह र उमंगका साथ देश-विदेशबाट नेपालीहरु आए । त्यसै अनुरुप नवनिर्वाचित जनप्रतिनिधि पनि आफ्नो कार्यकालको अवधिमा अपेक्षाकृत काम गर्नुपर्ने दायित्व छ । त्यसैले पनि विदेशीने यस्तो श्रमलाई रोक्न घरेलु तथा साना उद्योग र व्यापार व्यवसायलाई सहजीकृत गर्न आवश्यक देखिन्छ ।