लुम्बिनीमा बुद्ध जयन्ती मनाएर फर्किए भारतीय प्रधानमन्त्री मोदी

जेष्ठ ३, २०७९
लुम्बिनीमा बुद्ध जयन्ती मनाएर फर्किए भारतीय प्रधानमन्त्री मोदी

बुद्ध जयन्तीका अवसरमा लुम्विनीमा आयोजित समारोह यो पटक विशेष रह्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्ध लुम्विनीमा जन्मेको र बोधगयामा ज्ञान प्राप्त गरेको बताउादै लुम्विनी आउन पाउादा अत्यन्तै खुसी लागेको बताए । 

मोदीको यो भनाइले बुद्धको जन्मस्थलबारे भारतीय पक्षबाट बेलाबखत हुने गरेका गलत प्रचारबाजी र भ्रमलाई चिर्दै रुपन्देहीको लुम्विनी नै बुद्ध जन्मभूमि हो भन्ने प्रष्ट भएको छ । 

अधिकांश समय बुद्धको बारेमा बयान गरेका मोदीले  दुवै देश मिलेमा मात्रै बुद्धले दिएको शान्तिको सन्देश विश्वभर फैलाउन सकिने जनाए । प्रधानन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका थिए । प्रधानमन्त्री देउवाले बुद्धको सन्देश अझ बढी सान्दर्भिक हुादै गएको बताए । भारतीय प्रधानमन्त्री मोदी नेपाल आएसंगै लुम्बिनीको प्रचार र विश्वभरका बौद्ध धर्मावलम्वीहरुको आकर्षण थप बढ्ने देउवाको भनाइ थियो ।  

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्रीलाई स्वागत गर्न आउनुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध धर्माबलम्बीहरुलाई सिधै लुम्बिनी ल्याउने उद्धेश्यसहित स्थापना गरिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । करिब पााच घण्टा लुम्विनीमा बिताएका भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पुजा अर्चना गर्नुका साथै अशोक स्तम्भ र आसपासको उत्साहका साथ अवलोकन गरेका थिए ।