Kantipur Samachar | कान्तिपुर समाचार, ०२ जेठ २०७९

जेष्ठ २, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०२ जेठ २०७९

आजको मुख्य समाचार 

* एक सय ८२ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस ७७, एमाले ५४ र माओवादी केन्द्र ३९ स्थानमा विजयी / जारी मतगणनामा पनि कांग्रेस अगाडि । 

* महानगरको मत परिणामले उत्सुकता बढाउँदै / काठमाडौंमा स्वतन्त्र उम्मेद्वार झण्डै दोब्बर मतले अघि / भरतपुरको प्रतिस्पर्धा पनि रोचक ।

* लुम्बिनीमा बुद्ध जयन्ती मनाएर फर्किए भारतीय प्रधानमन्त्री मोदी / दुई देशबीच उर्जा लगायत ६ विषयमा सम्झौता / अरुण चौथो बनाउने जिम्मा भारतको सतलजलाई ।   

* भैरहवास्थित गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आजदेखि व्यवसायिक उडान सुरु / लुम्बिनी क्षेत्रको विकाससँगै विश्व बजारमा पहुँच बढ्ने प्रधानमन्त्री देउवाको भनाई ।

* युगान्डाविरुद्धको पहिलो महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल १२ रनले परिजत / सिरजमा घरेलु टोली १ शून्यले पछि ।