Kantipur Samachar | कान्तिपुर समाचार, ३० बैशाख २०७९

वैशाख ३०, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ३० बैशाख २०७९

आजको मुख्य समाचार 

*  स्थानीय तह निर्वाचनको मतदान सम्पन्न / मतपेटिका तोडफोडदेखि कर्मचारी कुटपिटका घटना / ४१ केन्द्रमा मतदान स्थगित / ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगको दाबी । 

*  कडा सुरक्षाकाबीच मतपेटिका संकलन गरिँदै / मतगणना आजैदेखि / रौतहट, सप्तरी, बाजुरालगायतका जिल्लामा भने मतपेटिका संकलनमै अवरोध / सुरक्षा व्यवस्था र दलका गतिविधिप्रति आयोगको असन्तुष्टी ।  

*  शीर्ष नेताहरुले गरे आ-आफ्नो स्थानीय तहमा मतदान / झडप र कुटपिटको घटना दुखदायक भएको एमाले अध्यक्षको टिप्पणी / प्रचण्ड भन्छन्- चुनावमा हार जित स्वाभाविक ।

*  उत्तर कोरियामा कोरोना संक्रमणको कहर / साढे २ लाख संक्रमित  / एक जनाको कोरोनाबाटै मृत्यु भएको पुष्टि । 

*  कतारमा हुने फिफा विश्वकपको ट्रफी टुर सुरु /  पहिलो पटक ट्रफीले सहभागी सवै ३२ राष्ट्रको भ्रमण  गर्ने ।