खेर जाने बिजुली बचेर १२ अर्ब आम्दानी गर्ने प्राधिकरणको लक्ष्य

वैशाख २६, २०७९
 खेर जाने बिजुली बचेर १२ अर्ब आम्दानी गर्ने प्राधिकरणको लक्ष्य

वर्षातको समयमा करिब ६ सय मेगावाट बिजुली खेर जाने स्थिति आएपछि नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट भारतीय बजारमा बेच्ने तयारी गरेको छ । टेन्डरमार्फत् नेपालले पहिलो पटक भारतलाई विजुली बेच्न लागेको हो । भारतलाई बिजुली बेचेर यस वर्ष १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य प्राधिकरणको छ । 

गत सातासम्म विद्युत् प्राधिकरणलाई भारतको बिजुली खरिद गर्न नपाएका कारण स्वदेशका उद्योगमा बिजुली कटौती गर्नुपर्ने बाध्यता थियो । तर, पानी परेसागै करिब १ सय मेगावाट आन्तरिक विजुली उत्पादन बढ्दा प्राधिकरणलाई अहिले सहज भएको छ । त्यति मात्र होइन अब नेपालमा उत्पादित विजुली नै व्यवस्थापन गर्न सकस हुने अवस्था छ । विजुली उत्पादन बढ्ने भएपछि प्राधिकरणले भारतमा असार १७ देखि कात्तिक २९ गतेसम्म स्थिर दरमा २ सय मेगावाट बिजुली बेच्न टेन्डर आहृवान गरेको हो । यो बाहेक अरु विजुली भने भारतीय बजारको एक्सचेन्ज मार्केटमा बेच्ने प्राधिकरणको तयारी छ । 

प्राधिकरणले भारतीय बजारमा ३ सय ६४ मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ । यसबाहेक १२ प्रतिशत थप बिजुली पनि भारतमा बेच्न सकिने प्राधिकरण बताउाछ । अहिले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, २० मेगावाटको चिलिमे र २९ मेगावाटको लिखु ए को बिजुली बेच्न प्राधिकरण भारतको अनुमति कुरेर बसेको छ । अनुमति भएमा प्राधिकरणले भारतीय बजारमा ६ सय मेगावाटसम्म बेच्न सक्नेछ ।  यो वर्षमा १३ अर्बको बिजुली आयात हुादा १२ अर्बको निर्यात गर्ने प्राधिकरणको योजना छ  । विज्ञ भने मुलुकका सबै ठाउामा विजुली पुर्‍याउन नसकी भारतमा बेच्ने प्राधिकरणको योजना सही नभएको तर्क गर्छन् । 

सकेसम्म आन्तरिक बजारमै खपत बढाउन सरकार र प्राधिकरण लाग्नुपर्छ । बिजुली बेचेर आम्दानी हुने रकमभन्दा त्यसले स्वदेशमा खपत गराउादा अर्थतन्त्रमा गर्ने योगदान कयौं गुणा बढी हुन्छ । तर, आन्तरिक रुपमा खपत हुन नसक्दा भारतमा बिजुली बेचेर राज्यलाई नाफा हुने कुरा भने नकार्न सकिदैन ।