नियमित काम र उचित ज्यालाको व्यवस्था मिलाउनेलाई भोट

वैशाख २१, २०७९
नियमित काम र उचित ज्यालाको व्यवस्था मिलाउनेलाई भोट

विराटनगरको भूमीप्रशासन, बुधहाट, तीनपैनी, कञ्चनवारी, वरगाछी, हाटखोला चोक लगायतका क्षेत्रमा काम खोज्दै मजदुहरू विहानै भेला हुन्छन् । निर्माणको काम र कृषि काममा मजदुर आवश्यक हुनेले यीनै चोकमा आएर मजदुर लिएर जान्छन् । महिना दिनमा १० देखि १५ दिन मात्र काम पाउने यी मजदुरले बढ्दो महङ्गीले गुजारा चलाउन गाह्रो भएको बताएका छन् । 

स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिले महङ्गी नियन्त्रण र रोजगारी सिर्जना गर्नुपर्नेमा मजदुरहरूले जोड दिएका छन् । 

आफ्ना वालबच्चाको शिक्षाको व्यवस्था गर्ने, महङ्गी नियन्त्रण गर्ने, रोजगारी सिर्जना र श्रमको उचित ज्याला दिलाउने उम्मेद्वारलाई आफुहरूले मतदान गर्ने मजदुरहरू बताउाछन् । 

 सुनसरी मोरङ औद्योगिक करिडोरमा ५५ हजार मजदुर कार्यरत छन् । असंठित क्षेत्रका मजदुर सुनसरी र मोरङमा अढाई लाख छन् भने प्रदेश एकमा १० लाख भन्दा बढी रहेका छ्न् ।