सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार असफल

वैशाख १५, २०७९
सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार असफल

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म २४ दशमलव ३ प्रतिशतले कर्जा बढेको छ । बैंकबाट गएको कर्जालाई आधार मान्दा देशमा आर्थिक क्रियालाप मात्र नभएर अर्थतन्त्रको आकार पनि बढेको अनुमान गर्न सकिन्छ । तर, बिहीबार तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उद्योग र उत्पादनमूलक उद्योगमा कर्जा प्रवाह कम हुादा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसकिएको हो । बैंकको कर्जा ब्यापारमा बढी गएको छ । अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढेको छैन भने सेवा क्षेत्रको योगदान भारी मात्रामा वृद्धि भएको छ । यसले उत्पादन बढ्न नसक्ने र आगामी दिनमा ब्यापार घाटा तथा सोधनान्तर घाटा झनै बढ्न सक्ने विज्ञ बताउाछन् । 

यो वर्ष मुलुकको अर्थतन्त्रमा विद्युत् तथा ग्यास क्षेत्रको योगदान भने बढेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएकाले अर्थतन्त्रमा यसको सकारात्मक योगदान पुगेको हो । त्यसैगरी प्रतिव्यक्ति राष्ट्रिय आय १२ सय ४६ बाट बढेर १३ सय ८१ अमेरिकी डलर पुग्ने आाकलन विभागको छ । 

सरकारले लगानीको उचित वातावरण तयार पार्न नसक्दा अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढ्न सकेको छैन । न्यून हुँदासमेत लक्ष्यअनुसार आर्थिक बृद्धि हुन नसक्नुले सरकारको क्षमतामाथि प्रश्न उठेको छ ।