सक्षम नेतृत्वले फेरियो जिल्ला अस्पताल इनरुवा

चैत्र २६, २०७८
सक्षम नेतृत्वले फेरियो जिल्ला अस्पताल इनरुवा

कुनै पनि संस्थाको नेतृत्वमा सक्षम र बुझेको व्यक्ति पुगेपछि कसरी मुहार फेर्छ भन्ने उदाहरण जिल्ला अस्पताल इनरुवाले पुष्टि गरेको छ । ६ महिना अघिसम्म अस्तव्यस्त रहेको यो अस्पताल अहिले बिरामीको रोजाइमा पर्न थालेको छ । अस्पतालको सेवामा आएको गुणात्मक परिवर्तनले उपचारका लागि सदरमुकाम बाहिर जानुपर्ने स्थानीयको बाध्यता पनि हटेको छ ।

जिल्ला अस्पताल इनरुवामा कर्मचारी नबस्ने र भएकाले पनि कामै नगर्ने प्रवृत्ति वर्षौंदेखि थियो । कतिसम्म भने अस्पतालका उपकरणहरु नै कर्मचारीले बिगारिदिने, आकस्मिक कक्षमा समेत कर्मचारी नभेटिने गरेको थियो । पटकपटक विवादमा समेत मुछिादै आएको अस्पतालमा अहिले नयाा नेतृत्व आएपछि मुहार नै फेर्ने गरी सेवामा सुधार आएको छ ।

विगतमा राजनीतिक स्वार्थको आधारमा कर्मचारी भर्ना गर्ने, ल्याब परीक्षण नहुने, बिचौलीयासँगको मिलेमतोमा बिरामीको रेफर गर्नेलगायतका विकृति देखिएका थिए । अहिले त्यस्ता काम पूर्णरुपमा नियन्त्रण गरिएको छ । योसागै बिरामीले सहज उपचार पाउन थालेका छन् ।

यो अस्पतालमा दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको स्तरोन्नति गर्न लगानीसमेत जुट्न थालेको छ । विगतमा विभिन्न कर्मचारी र पदाधिकारीले अपचलन गरेको रकम असुल्न थालिएको छ । तर पनि पछिल्लो ४ वर्षको अवधिमा ४ जना प्रमुख फेरिएको अस्पताल पुन राजनीतिक स्वार्थ र बिचौलियाको चेपुवामा परेर पहिलेकै अवस्थामा पुग्ने पो हो की भन्ने चिन्ता स्थानीयमा देखिन्छ ।