Kantipur Samachar | कान्तिपुर समाचार, १४ माघ २०७८

माघ १४, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, १४ माघ २०७८

आजको मुख्य समाचार -

*  एक वर्षमा करिब ४६ प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै मात्रा खोप  / चैतसम्म सबैलाई खोप लगाउने सरकारको लक्ष्य पुरा हुन कठिन / खोपको पहुँच र मापदण्डको पालनामा अझै बेवास्ता ।

*  कृषि सहुलियत कर्जामा पहुँचवालाको हालिमुहाली / कृषि उत्पादन अपेक्षित रुपमा बढ्न नसक्दा खाद्यान्नमा परनिर्भरता बढ्दै ।

* स्थानीय तहको चुनावबारे निर्वाचन आयोगले गरेको प्रस्तावमै त्रुटि / निष्क्रिय भइसकेको कानूनलाई आधार मान्दा निर्वाचन झन् पेचिलो  / चुनावबारे गठबन्धनमा भोलि छलफल  । 

* अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा /  आर्थिक प्रतिबन्धले स्थिति थप गम्भीर  ।

* अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा भोलि नेपाल र मोरिसस आमनेसामने / दुबै टिमले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा ।