पछिल्लो समय दुर्लभ एकसिंगे गैंडा मर्ने क्रम बढ्दै गएको छ । स-साना मानवीय त्रुटी र लापरबाहीका कारण दुर्लभ वन्यजन्तु मर्न थालेपछि सरोकारवालालाई संवेदनशील बनाएको छ । चालू आर्थिक वर्षको हालसम्म मात्र २३ वटा गैंडाको मृत्यु भएको छ । यसले संरक्षणको क्षेत्रमा खटिएकाहरुलाई नराम्ररी झस्काएको छ ।
माघ ९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर-९ स्थित गोन्द्राङमा बन्दै गरेको नालामा खसेर एउटा गैंडा मर्यो । संवेदनशील मानिएको वरण्डाभार क्षेत्रसम्मै सडक डिभिजन कार्यालयले नाला बनाउादा हुन सक्ने जोखिमबारे पूर्वानुमानै गर्न सकेन । उसले वन क्षेत्रमा नाला बनाउादा न त डिभिजन वन कार्यालय न त चितवन राष्ट्रिय निकुञ्जसाग नै समन्वय गर्यो । एकलौटी रुपमा सडक विस्तार गरेर दुर्गम वन्यजन्तु निशामा पर्यो । घटनापछिमात्र निकुञ्जले काम अघि नबढाउन निर्देशन दिएको छ ।
नालामा खसेर गैंडा मर्नु प्रतिनिधि घटना मात्रै हो । मानवीय त्रुटीले दुर्लभ एकसिंगे गैंडा पटक-पटक मर्दै आएका छन् । कहिले करेन्ट लागेर त कहिले सेफ्टी ट्यांकीमा खसेर समेत गैंडा मरेका घटना छन् । तर पनि जिम्मेवार निकायले यसबाट कहिल्यै पाठ सिकेका छैनन् । स्वीकृति विनै मनलाग्दी काम गर्दा यस्ता घटना हुने गरेका छन् ।
चालू आर्थिक वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गरी २३ वटा गैंडा मरिसकेका छन् । सबैभन्दा धेरै साउन महिनामा ६ वटा गैंडा मरेका छन् । गत आर्थिक वर्षमा चितवनमा ३३ वटा गैंडा मरेका थिए । हालसम्म सबैभन्दा धेरै २०७५/७६ मा ४३ वटा गैंडा मरेका थिए । यी तथ्यांकले पनि संरक्षणको क्षेत्रमा खटिएका सरोकारवालालाई झस्काएको छ ।
पछिल्लो गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैंडा छन् । ती मध्ये ६ सय ९४ वटा त चितवनमै छन् । यही निकुञ्ज र बन क्षेत्रमा यसरी मानविय त्रुटीले पटक-पटक गैंडा मारिनु स्वाभाविक मान्न सकिँदैन ।