प्रदेश एकमा संक्रमण समुदायस्तरमा फैलिसकेको अनुमान 

माघ १४, २०७८
 प्रदेश एकमा संक्रमण समुदायस्तरमा फैलिसकेको अनुमान 

खुला सिमाना, भीडभाड र हेलचेक्रयाईंका कारण प्रदेश एकका झापा, मोरङ र सुनसरीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । प्रदेशमा दैनिक सरदर एक हजार जना संक्रमित थपिदा ९० प्रतिशतभन्दा बढी यही तीन जिल्लाका छन् ।

पछिल्लो एक साता प्रदेश एकमा दैनिक सरदर एक हजार एक सय ६० जनाको पीसीआर परीक्षण हुादै आएको छ । एन्टिजेन परीक्षण सात सयभन्दा धेरैको भैरहेको छ ।  पीसीआर परीक्षणमा सरदर ५७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेको छ । ति मध्ये ९२ प्रतिशत सङ्क्रमित झापा, मोरङ र सुनसरी जिल्लाका हुन् । 

खुला सीमाका कारण निर्वाध रूपमा हुने आवत जावत, स्वास्थ्य सावधानीमा लापरवाही र  भिडभाड बढी हुादा सङ्क्रमण ह्वात्तै बढेको हो । अझ लक्षण देखिएकाले समेत परीक्षण नगर्दा सङ्क्रमण समुदायस्तरमा व्यापक भैसकेको अनुमान छ । 

सावधानी र परीक्षण नगर्ने प्रवृतिले संक्रमण आगामी दिनमा अझै बढ्न सक्ने भन्दै चिकित्सकले सतर्क रहन भनेका छन् ।

सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले सेवाका लागि खोप कार्ड अनिवार्य गरेको छ । तर ३६ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् । 

कोरोना भाइरसको तेश्रो लहर कहिले हट्छ यकिन छैन् । त्यसैले स्वास्थ्य सावधानी, परीक्षण र  खोपलाई प्राथमिकता दिनु रोकथाम र सुरक्षाको उत्तम उपाय हो ।