Kantipur Samachar | कान्तिपुर समाचार, १२ माघ २०७८

माघ १२, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, १२ माघ २०७८

आजको मुख्य समाचार -

*  नेपालको जनसंख्या दुई करोड ९० लाख नाघ्यो / आधाभन्दा बढी जनसंख्या तराईमा / वृद्धिदर आठ दशकयताकै कम / विज्ञ भन्छन्- राम्रो संकेत होइन । 

* राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी / एक सिटमा सीमित एमालेले गुमायो पकड । 

* स्थानीय तहको चुनावका विषयमा सरकार र निर्वाचन आयोगबीच दुरी बढ्दो / संविधानको छिद्र खोजेर वैशाखको निर्वाचन धकेल्ने प्रयास गरिएको भन्दै आयोगको असन्तुष्टि ।

 

* कोरोना संक्रमणदर स्थिर / आज साढे पाँच हजार बिरामी थपिए / छिमेकी भारतमा फेरि बढ्न थाल्यो संक्रमण । 

* एपीएफ क्लब १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा / ए डिभिजन लिग लिडर मच्छिन्द्र तीन-एक गोलले स्तब्ध ।